तनहुँ । बन्दीपुरमा निर्माणाधीन केबुलकारको निर्माण कार्य प्रभावित भएको छ । कोरोनाको दोस्रो भेरियन्टसहितको कोरोनाका कारण विदेशबाट सामान ल्याउन र इन्जिनीयर आउन नसक्दा निर्माण कार्य प्रभावित भएको हो ।
आगामी दशैँभित्रमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनासहित निर्माण कार्य थालिएपनि उक्त अवधिमा संञ्चालनमा ल्याउन कठिनाइ देखिएको छ । भारतबाट अधिकांश सामान आइसके पनि अष्ट्रियाबाट इन्जिनीयर, रोपवे र इन्जिनहरु ल्याउन नसकिएकाले निर्माण कार्यमा ढिलाइ हुने देखिएको बन्दीपुर केबुलकार एण्ड टुरिज्म लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । दैनिक करीब तीन सय जना कामदारले काम गर्दै आएपनि बन्दाबन्दीका कारण अहिले सय जनाले काम गरेको उहाँले बताए ।
कामले गति लिइरहेको बेला गतवर्ष कोभिड महामारीका कारण केही समय काम प्रभावित भएकामा यसवर्षको कोरोनाले पनि असर परेको अध्यक्ष शर्माले बताए । परियोजनाको निर्माणको करीब ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ भने टावर निर्माण गर्ने मेकानिकल इन्जिनीयर नहुँदा काम प्रभावित बनेको छ । परियोजनाको काम सम्पन्न गर्न कम्तिमा छ महिना लाग्न सक्ने अनुमान गरिएकाले दशैमा संञ्चालनार्थ कठिनाइ देखिएको कार्यकारी संञ्चालक कृष्णराज अधिकारीले बताए । बन्दीपुर गाउँपालिका–४ को ठूल्ढुङ्गामा तल्लो स्टेशनको लागि तीन÷चार महिना लाग्ने भएपनि र सोही वडाको बरालथोकमा माथिल्लो स्टेशनको निर्माण कार्य बल्ल शुरु गरिएको उहाँले जानकारी दिए ।
परियोजनामा आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबुलकार एण्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिकालगायत स्थानीयबासीको लगानी १४ प्रतिशत रहेको छ । करीब ७०० स्थानीयलाई शेयर प्रदान गरिएको छ । उनीहरुको करीब रु.१५÷१६ करोड लगानी रहेको अध्यक्ष शर्माले जानकारी दिए ।
बन्दीपुरमा पाँचतारे होटल
बन्दीपुर केबुलकार एण्ड टुरिज्म लिमिटेडले बन्दीपुरमा पाँचतारे होटलको निर्माण कार्य अघि बढाएको छ । पहिलो चरणमा केबुलकार र दोस्रो चरणमा क्विन टावर सञ्चालन गर्ने योजना रहेको सो परियोजनाले जनाएको छ ।
पन्ध्र तले होटलको हालसम्म ६० प्रतिशत कार्य भएको बताइएको छ । निर्माण सम्पन्न गर्न अझै दुई वर्ष लाग्न सक्ने अनुमान गरिएको छ ।
रु. एक अर्ब ७८ करोडको लागतमा होटल र केबुलकार निर्माण गर्न लागेको हो । अध्यक्ष शर्माले भने, ‘‘होटलमा गण्डकी प्रदेशकै ठूलो एक हजार जना क्षमताको सभाहल र ७२ कोठा हुनेछन् भने केबुलकार सिधै पाँचतारे होटेलमा प्रवेश गराइने छ ।’’ होटलमा सिसमहल, वाक्स म्युजियम, भूत बङ्गला, रेस्ट्रो जोन, पौडी पोखरी पनि रहनेछ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ