पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोड रुपैयाँ राख्ने निर्णय गरेको छ । पछिल्ला दिनमा प्रदेश अन्तर्गतका जिल्लामा अविरल वर्षासँगै ठाउँ ठाउँमा क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि सो रकम राख्ने निर्णय गरिएको हो ।
प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा आज बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो ।
हिमाल पारीको जिल्ला मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पु¥याएको क्षतिको अवलोकनका लागि मुख्यमन्त्रीसहितको टोली आजै मनाङ जाने भएको छ । गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित मनाङ जान लागिएको हो ।
वैठकमा मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्ला स्थित सुरक्षाकर्मी, जनप्रतिनीधि, सरकारी तथा गैरसरकारी कार्यालयलाई विपद्को यस अवस्थामा तत्काल उद्वार एवम् सहयोगमा लाग्न र पूर्वतयारीमा रहन निर्देशन दिए । वर्षाका कारण अवरुद्व सडक तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रवन्ध मिलाउन उहाँले निर्देशन दिए ।
नवनियुक्त मुख्यमन्त्री पोखरेलले पदबहाली भएकै दिनमा गरिएको निर्णय अनुसार विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तत्काल निर्माण गरी कार्यान्यवनमा ल्याउन पनि निर्देशन दिएका छन् । सरकारले प्रदेशका नौ जिल्लाका लागि १०÷१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि २÷२ लाख रुपैयाँ यसअघि नै पठाइसकेको छ ।
सम्बन्धित खबर
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
सुजल डेरीको ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर बजारमा
सुन्तला उत्पादनबाट स्याङ्जामा एक अर्ब ३२ करोड बढी आम्दानी
फोहोरबाट मोहर कमाउँदै भीरकोट
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
पोखरामा खुल्यो बिवाईडीको नयाँ शोरूम, एसयूभी सिलायन-७ लञ्च
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प