बाढी प्रभावित मनाङ जिल्लाको अवलोकनमा निस्किएका मुख्यमन्त्रीसहितको टोली खराब मौसमका कारण मनाङमै अड्किएका छन् ।
गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित अवलोकनमा गएको टोली मौसम बिग्रिएपछि मनाङ जिल्ला सदरमुकाम चामेमा रोकिएको हो।
टोलीमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित मन्त्री दीपक मनाङे र सांसद चिन्तबहादुर घले छन् ।
मुख्यमन्त्री पोखरेल बिहीबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरबाट मनाङ गएका थिए । सेनाको हेलिकोप्टर उद्धारको अरु काम गरेर फर्किएको थियो ।
उनलाई लिन पोखराबाट प्रभु एयरको हेलिकोप्टर गएपनि खराब मौसमका कारण ल्यान्ड गर्न नसकी हेलिकप्टर पुनः पोखरा नै फर्किएको छ।
सम्बन्धित खबर
चिल्ड्रेन नेपालद्वारा सहारा आ.वि. मा सहयोग
पोखरामा जुवातास खेल्ने ६ जना पक्राउ
दमौलीमा भीषण आगलागी : २० वटा सटर जलेर नष्ट
प्रतिभा माविमा वक्तृत्वकलाः सिजन प्रथम
करेन्ट लगाएर माछा मार्दा लमजुङका २६ वर्षीय युवकको मृत्यु
पत्रकार विजय नेपाललाई ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग