पोखरा । पोखरा महानगरपालिकाले विद्यालय सञ्चालनबारे १४ बुँदे निर्देशन जारी गरेको छ।
आइतबार शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पोखरास्थित शैक्षिक संस्थालाई शैक्षिक सत्र २०७८ मा विद्यालय सञ्चालनका लागि १४ बुँदे निर्देशन दिएका हुन् ।
जस अनुसार २०७७ को वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न बाँकी विद्यालयले तत्काल नतिजा प्रकाशन गर्न, अनलाइन, टेलिफोन र स्वास्थ्य मापदण्ड अपनाएर भर्ना प्रक्रिया सुचारु गर्न महानगरपालिकाले निर्देशन दिइएको छ ।
यस्तै, सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक वापतको रकम निकासा गरिसकेको हुँदा सबै विद्यार्थीलाई पाठ्यपुस्तक खरिद गर्ने व्यवस्था मिलाउन, शिक्षकहरु विद्यालयका प्रधानाध्यापकको सम्पर्कमा रहि विद्यार्थी भर्ना तथा अभिलेखीकरणमा सघाउन, हरेक विद्यालयमा कोभिड व्यवस्थापन बापत प्रतिविद्यार्थी लागत र इजिआरपी बापतको रकम निकासा भइसकेको हुँदा सो रकमबाट स्वास्थ्य सुरक्षा सम्बन्धी सामग्रीको व्यवस्थापन गरी शैक्षिक गतिविधि अघि बढाउन निर्देशन दिइएको छ ।
यसैगरी, वैकल्पिक सिकाइको माध्यमबाट विद्यालय सञ्चालन सम्बन्धी कार्ययोजना तयार गरि आषाढ १६ गतेदेखि वैकल्पिक सिकाइ क्रियाकलाप सञ्चालन गर्न, रेडियो तथा टेलिभिजनबाट सञ्चालन हुने शैक्षिक कार्यक्रमको बारेमा विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराई सो कार्यक्रममा विद्यार्थीलाई सहभागी हुन अभिप्रेरित गर्ने तथा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ वडा शिक्षा समिति र अभिभावकहरु सँग निरन्तर परामर्श गरी सिकाइ गतिविधि अगाडि बढाउन महानगरपालिकाले निर्देशन दिएको छ ।


सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन