तनहुँ, ५ बैशाख / लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’को निधन भएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डीही गाउँमा बस्दै आएका राजा मामाको आज ९बुधबार० बिहान ७५ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।
बिहान शौचालय गएर फर्किदा लडेको र उठाएर खाटका सुताएको त्यसपछि नउठेको उनको श्रीमती इन्द्रमाया कुसुण्डाले बताइन । कुसुन्डा जातिको भाषा बोल्न जान्ने उनी एकमात्र व्यक्ति थिए ।
राजा मामा बिहान पाँच बजेतिर आफ्नै घरमा लडिरहेको अवस्थामा फेला परेका थिए । उनी उच्च रक्तचापको बिरामी थिए । उनलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले संरक्षण गरेर राखेको थियो । उनले इन्द्रमाया तामाङसँग विवाह गरेका थिए ।

उनी गाउँमा ‘कुसुन्डा कान्छा’ भनेर चिनिन्थे । पछि आदिवासी जनजाती अगुवाहरुले उनलाई ‘राजा मामा’ नाम दिएका हुन् । उनले तनहुँ जिल्ला प्रशासन कार्यालयबाट पनि ‘राजा मामा कुसुन्डा’ नामबाट नागरिकता बनाएका छन् ।
उनको श्रीमती र एक छोरी छन् । १० वर्षीय छोरी सिमान्त कुसुण्डा कक्षा ३ को परिक्षा दिएर बसेकी छिन । जनजातीको परम्परा अनुसार उनको दाहसंस्कार गर्ने नेपाल आदिवासी जनजाती महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले बताइन ।
अन्तिम दाहसंस्कारको खर्च व्यास नगरपालिका र नेपाल आदिवासी जनजाती महासंघ तनहुँले व्यहोर्ने महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिइन ।
उनको एक छोरी श्रीमतीको लालनपालन र संरक्षण गर्ने कार्य राज्य गर्न जरुरी रहेको आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी सदस्य ज्ञानेन्द्र पुनमगरले बताए ।
-किरण श्रेष्ठ
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण