पोखरा । पोखरामा डक्टर्स वाईफ एशोसियसन (DWA) र अभियन्ता मिलन शेरचनको सहकार्यमा ५० जनालाई खाद्यान्न सहयोग प्रदान गरिएको छ ।
एशोसियसनद्वारा प्राप्त राहत बुधबार बिहान अभियन्ता शेरचनले महानगरपालिका–८ नागढुङ्गा स्थित संस्था नौलो बिहानी पोखरामा आवद्ध यौनिक तथा लैङ्गिक अल्पसंख्यक ३५ जना तेस्रोलिङ्गी र १५ जना मजदुर गरी ५० जनालाई प्रदान गरेकी हुन् ।
प्रतिव्यक्ति रु. १२०० को (चामल, दाल, नुन, तेल, मस्यौरा, बेसार, मसला, खुर्सानी, चिउरा र बिस्कुट) दरले सहयोग प्रदान गरिएको शेरचनले जानकारी दिइन् ।
तेस्रोलिङ्गीलाई छाक टार्नै मुस्किल
नौलो बिहानी पोखराका अध्यक्ष बिन्दीया गौतमले कोरोनाका कारण रोजगारी गुमाइरहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई अहिले बिहान बेलुकाको छाक टार्न गाह्रो भएको बताइन् । “माया गर्ने दिदीबहीनी, दाजुभाइहरुले पोहोरको लकडाउनमा यसरी नै सहयोग गर्नुभयो, यस वर्ष चाही आज बल्ल पायौँ ।” उनले भनिन्, “राज्यबाट पाउनु पर्ने सहयोग पनि परिचप पत्र हुनेले मात्र पायौं, नहुनेलाई साह्रै समस्या छ ।” पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले परिचप पत्र नहुनेलाई पनि व्यवस्था मिलाउने भने पनि अझैसम्म कार्यान्वयन हुन नसकेको उनको भनाई छ ।

“लकडाउन लम्बिँदै जाँदा उनीहरुलाई समस्या पर्न थालेको र राहत पनि कहीबाट नपाएको गुनासो सुनेपछि सहयोग गर्ने योजना बनाए”, अभियन्ता शेरचनले भनिन्, “तेस्रोलिङ्गीलाई हेर्ने दृष्टिकोण अझैपनि उस्तै छ भन्दा फरक नपर्ला, यसले पनि स्पष्ट पारेको छ ।”
“आज उहाँहरुलाई राहत जुटाउने मौका पाए, अब अन्य अभियान्ताहरुबाट पनि सहयोग जुट्छ की !, सायद उहाँहरुको समस्या बारे जानकारी नभएर पनि होला ।” उनले भनिन् ।
“कोरोना कहरसँगै भएको लकडाउनका कारण रोजीरोटिबाट कोही पनि बञ्चित हुन नपरोस् भन्ने सोचले राहत सहयोग अभियान सुरु गरे”, शेरचनले भनिन्, “देश बिदेशमा रहेका सहयोगी मन भएका व्यक्तिहरुले पनि मलाई विश्वास गरी यस अभियानमा हातेमालो गरिरहनुभएको छ, उहाँहरु प्रति मनै देखि नमन छ ।”
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ