पोखरा । पोखरामा डक्टर्स वाईफ एशोसियसन (DWA) र अभियन्ता मिलन शेरचनको सहकार्यमा ५० जनालाई खाद्यान्न सहयोग प्रदान गरिएको छ ।
एशोसियसनद्वारा प्राप्त राहत बुधबार बिहान अभियन्ता शेरचनले महानगरपालिका–८ नागढुङ्गा स्थित संस्था नौलो बिहानी पोखरामा आवद्ध यौनिक तथा लैङ्गिक अल्पसंख्यक ३५ जना तेस्रोलिङ्गी र १५ जना मजदुर गरी ५० जनालाई प्रदान गरेकी हुन् ।
प्रतिव्यक्ति रु. १२०० को (चामल, दाल, नुन, तेल, मस्यौरा, बेसार, मसला, खुर्सानी, चिउरा र बिस्कुट) दरले सहयोग प्रदान गरिएको शेरचनले जानकारी दिइन् ।
तेस्रोलिङ्गीलाई छाक टार्नै मुस्किल
नौलो बिहानी पोखराका अध्यक्ष बिन्दीया गौतमले कोरोनाका कारण रोजगारी गुमाइरहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई अहिले बिहान बेलुकाको छाक टार्न गाह्रो भएको बताइन् । “माया गर्ने दिदीबहीनी, दाजुभाइहरुले पोहोरको लकडाउनमा यसरी नै सहयोग गर्नुभयो, यस वर्ष चाही आज बल्ल पायौँ ।” उनले भनिन्, “राज्यबाट पाउनु पर्ने सहयोग पनि परिचप पत्र हुनेले मात्र पायौं, नहुनेलाई साह्रै समस्या छ ।” पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले परिचप पत्र नहुनेलाई पनि व्यवस्था मिलाउने भने पनि अझैसम्म कार्यान्वयन हुन नसकेको उनको भनाई छ ।

“लकडाउन लम्बिँदै जाँदा उनीहरुलाई समस्या पर्न थालेको र राहत पनि कहीबाट नपाएको गुनासो सुनेपछि सहयोग गर्ने योजना बनाए”, अभियन्ता शेरचनले भनिन्, “तेस्रोलिङ्गीलाई हेर्ने दृष्टिकोण अझैपनि उस्तै छ भन्दा फरक नपर्ला, यसले पनि स्पष्ट पारेको छ ।”
“आज उहाँहरुलाई राहत जुटाउने मौका पाए, अब अन्य अभियान्ताहरुबाट पनि सहयोग जुट्छ की !, सायद उहाँहरुको समस्या बारे जानकारी नभएर पनि होला ।” उनले भनिन् ।
“कोरोना कहरसँगै भएको लकडाउनका कारण रोजीरोटिबाट कोही पनि बञ्चित हुन नपरोस् भन्ने सोचले राहत सहयोग अभियान सुरु गरे”, शेरचनले भनिन्, “देश बिदेशमा रहेका सहयोगी मन भएका व्यक्तिहरुले पनि मलाई विश्वास गरी यस अभियानमा हातेमालो गरिरहनुभएको छ, उहाँहरु प्रति मनै देखि नमन छ ।”
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’