पोखरा । उमेरले साढे ५ वर्षमात्र टेकेकी दुवानालाई उनका बावु मुखिया लामाले एक दिन स्वीमिङ पुल लगे । बालुवाटारस्थित जोन डीई स्कुलबाट लाजिम्पाट नजिकै थियो । त्यहाँको शंकर होटलको स्वीमिङ पुल छिरेकी सानी छोरी दुवाना पौडीमा रमाइन् ।
एकपछि अर्को गर्दै कहिले शंकर, कहिले अन्नपूर्ण, कहिले गोदाबरीको स्वीमिङमा भेटिन थालिन् । दुवानाको पौडी कला देखेपछि शुभ श्रेष्ठले मुखियालाई सुझाव दिए, ‘छोरीलाई राम्रोसँग पौडी सिकाउनुपर्छ । भविष्यमा नाम राख्न सक्छिन् ।’ हुन पनि १३ औं सागहोस् वा आठौं राष्ट्रिय खेलकुदसहित विभिन्न प्रतियोगितामा पदक हासिल गरेर सानै उमेरमा नाम चम्काएकी छन् ।
मनाङको निसाङ गाउँपालिका ८ घर भइ हाल काठमाडौं निवासी मुखिया र मेरी लामाको एकमात्र सन्तान हुन्, दुवाना लामा । उनको जन्म २०६३ असार ३० मा भएको हो । उनै १४ वर्षीया दुवाना पाँचौ पोखरा स्पोर्टस् अवार्ड– २०७६÷७७ को उदीयमान खेलाडीको मनोनयनमा परेकी छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पाँचौं संस्करणको पोखरा स्पोर्टस् अवार्डमा उनी सबैभन्दा कान्छो उमेरकी खेलाडी हुन् । उनले १३ औं सागमा टिम रिलेमा ३ कास्य र एकलतर्फ २ रजत पदक जितेकी थिइन् । एकलतर्फ उनले २०० मिटरको ब्रेस्टस्ट्रोक र बटरफ्लाईमा रजत जितेकी हुन् । ६ वर्षको हुँदा नै काठमाडौंमा एलए कपमा योङ्गेस्ट प्लेयर उपाधि जितेकी उनी निरन्तर पौडेरै दूरी घटाउनेतर्फ केन्द्रित बनिन् ।
फलस्वरुप नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा ६ स्वर्ण र ४ रजत जित्न सफल भइन् । त्यसबेला २०० मि. बटरफ्लाई क्याटागोरीमा नेशनल रेकर्डसमेत तोड्न सफल उनको नाममा विभिन्न प्रतियोगितामा ५० मि.ब्रेस्टस्ट्रोक, २०० मि. ब्रेस्टस्ट्रोक र २०० मि.को नेशनल रेकर्ड रहेको बावु मुखियाको दाबी छ ।
साथै सन् २०१९ मा बैंलोरमा भएको एशियन एजग्रुप लङ कोर्स च्याम्पियनसीपमा ५०, १०० र २०० मिटर ब्रेस्टस्ट्रोकमा राष्ट्रिय रेकर्ड कायम गरेकी उनै दुवाना थप प्रशिक्षणका लागि २ वर्षदेखि थाइल्याण्ड छिन् । कक्षा ९ मा पढ्दै उनले पौडीकला अगाडि बढाएकी हुन् ।
उदीयमान खेलाडी विधामा दुवानासहित यसपालि लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपीन खत्री पनि मनोनयनमा छन् । तीमध्ये उत्कृष्ट एक जनाले असार १८ मा हुने स्पोर्टस् अवार्डमा ३५ हजारसहित अवार्ड जित्ने छन् ।
सम्बन्धित खबर
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो