तनहुँको ऋषिङ्गमा पहिराले एक घर पूर्ण क्षति, एक घर जोखिममा

तनहुँको ऋषिङ्गमा पहिराले एक घर पूर्ण क्षति, एक घर जोखिममा

pahiro- sanket

सांकेतिक तस्विर

गत बिहीबार रातिदेखि परेको अविरल वर्षका कारण आज ऋषिङ्गगाउँपालिका–६ पुरानो ऋषिङ्गमा पहिराले एक घर पूर्ण क्षति भएको छ भने एक घर जोखिममा रहेको छ ।

तरुण दलका वडा संयोजकसमेत रहनुभएका विष्णुबहादुर झेडीको घरमाथि आएको पहिराले पुरिँदा क्षति भएको हो । पहिराले खाद्यान्न, लत्ताकपडा, भाडाकँुडा पुरिए पनि कुनै मानवीय क्षति नभएको वडाध्यक्ष भक्तबहादुर आलेले जानकारी दिए ।

अविरल वर्षाका कारण वडा नं ७ को साङ्खोल्सीमा झरेको पहिरो सफा गरिएको छ । वडा नं ७ सतिकोटमा पहिरामा कारण भएको सडक अवरोध खुलाइएको छ । उक्त पहिराका कारण एक घर जोखिममा छ ।

त्यसैगरी वडा नं ६ गोठादीमा पहिरो झरेर अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ । वडा नं ४ र ६ जोड्ने ढाक्रेखोला पुलमा पहिराले सामान्य क्षति पु¥याएको छ । उक्त पुलमा रहेको पहिरो हटाउने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ । श्रीङ्गपथसँगै दुबुङ्ग सडक खण्डमा दर्जनौँ स्थानमा पहिराका कारण सडक अवरुद्ध भएको बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ