गण्डक न्युज पोखरा, ८ वैशाख / भुतपुर्व खेलाडीहरुको साझा मञ्च नेपाल भुतपुर्व खेलाडी मञ्चले संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटलाई सम्मान गरेको छ । पुर्व राष्ट्रिय खेलाडी समेत रहेका रानाभाटले नेपालको खेलकुद विकासमा पु¥याएको योगदानको कदरस्वरुप सम्मान गरेको हो ।
मञ्चको नवौं वार्षिक साधारण सभाको अवसरमा संस्थापक अध्यक्ष रानाभाटलाई प्रदेश नं ४ की सामाजिक विकास मन्त्री नरदेवी पुन, सांसदद्वय मोहन रेग्मी, इन्द्रधारा बिस्ट, मञ्चका अध्यक्ष तेज गुरुङले दोसल्ला ओढाई ताम्रपत्र सहित सम्मान गरे ।
२०५८ सालमा रानाभाटकै अगुवाईमा नेपाल भुतपर्व खेलाडी मञ्च गठन गरिएको हो । पोखरा रंगशालालाई छेकबार गरी राज्यले समेत गर्न नसकेको काम गरेको मञ्चले पछिल्लो समय पोखरामा म्याराथन प्रतियोगिता गर्दै आएको छ । २०६१ सालमा झण्डै एक करोडको लागतमा पर्खाल निर्माण गरिएको थियो । रानाभाट फुटबल, भलिबल र एथलेटिक्सका पुर्व राष्ट्रिय खेलाडी समेत हुन् । उनी नेपाल खेलकुद पत्रकार मञ्चबाट गत वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भईसकेका छन् ।
मञ्चका अध्यक्ष तेज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मन्त्री पुनले आजीवन खेलक्षेत्रमा लागेर नेपाललाई विश्वसामु चिनाउन खेलाडीहरुको महत्वपूर्ण भूमिका रहेको बताईन् ।
गत फागुनमा आयोजित सफल पोखरा म्याराथनमा मञ्चले चार लाख रुपैयाँ बचत गरेको सार्वजनिक गरियो । मन्चका कोषाध्यक्ष मन्जुलमान श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्दै म्याराथनमा ११ लाख ३१ हजार रुपैयाँ आम्दानी भई सात लाख २५ हजार खर्च भएको विवरण प्रस्तुत गरे । मञ्चले पोखरालाई स्पोर्टस सिटीको अवधारणा अनुसार पोखरा म्याराथन प्रतियोगितालाई निरन्तरता दिएको हो । मञ्चका अध्यक्ष तेज गुरुङले भुतपुर्व खेलाडी मन्चले म्याराथन प्रतियोगितालाई अझ भव्य र सभ्य रुपमा सम्पन्न गर्दै पोखरालाई अन्तराष्ट्रिय बजारमा म्याराथन सिटीको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।
कार्यक्रममा मञ्चका महासचिव खेम बहादुर गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै मञ्चमा १७७ जना भुतपुर्व खेलाडीहरु आवद्ध भएको बताए । आवद्ध भएका मध्ये १७ जना दिवंगत भईसकेका छन् ।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?