गण्डक न्युज पोखरा, ११ वैशाख । पोखरा- १५ भेडीफारामकी बालकुमारी गिरी (सीता) ६ दिनदेखि परिवारबाट सम्पर्क विहिन छिन् । दिन बित्दै जाँदा समेत उनको पत्तो नलागेपछि परिवार चिन्तामा डुबेका छन् ।
४८ वर्षीया गिरी गत वैशाख ६ गते विहीबार दिउँसो घर नजिकै गलेश्वरचोकबाट महेन्द्रपुल जाने भन्दै गाडी चढेको परिवारले जनाएको छ । त्यसपछि उनी फर्किनन् । श्रीमान् गोपाल गिरी, छोराहरु भोलिपल्टैदेखि खोजीकार्यमा जुटेका छन् ।
गिरी अध्यात्मिक स्वभावकी रहेको र परिवारमा कुनै मनमुटाव नरहकाले ज्यान फाल्ने जस्तो नराम्रो गरेकी छैनन् भन्ने परिवारको ठम्याई छ । तर पनि सेती खोँचहरुमा प्रहरीको रेस्क्यु टीम सहित खोजी कार्य अघि बढाएका छन् । धार्मिक गतिविधिमा असाध्यै लागिपर्ने गिरी भगवानको ध्यान गर्ने, पूजा गर्ने गर्थिन् ।
‘ठूलो छोरा बेलायतमा, कान्छो छोरा पोखरामै व्यवसायी छन् । बुहारी इञ्जिनियर । परिवारमा कुनै अभाव, मनमुटाव छैन ।’ – आफन्त किसन गिरीले भने- ‘नराम्रो भयो, गर्नुभयो भन्ने हामीलाई लाग्दैन । धार्मिक स्वभावका भएकाले कतै धाम तिर पो जानुभयो कि ?’
श्रीमान् गोपाल गिरी पनि मिडियामा आउन नचाहेको बताए । पक्कै नराम्रो त भएको छैन अब तीर्थ धाम तिर खोज्नेछौं । उनले भने । गिरीले घरमा पत्र समेत छाडेर गएकी छिन् । उनले आफूलाई नखोज्न र आफ्नो चिन्ता नलिन आग्रह गरेको पारिवारीक श्रोतले जनाएको छ ।

वैशाख ६ गतेदेखि सम्पर्कविहीन भएकी बालकुमारी गिरी (सीता)। उनी यही पोशामा घरबाट हिँडेकी थिईन् ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन