गण्डकी प्रदेश सामाजिक विकासमन्त्रालयले प्रदेशमा ‘एक व्यक्ति दुई खोप’ अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि मन्त्रालयले कोरोना विरुद्धका खोप खरिदका लागि सङ्घीय सरकारसँग समन्वय गर्ने जनाएको छ ।
सामाजिक विकास मन्त्री कुमार खड्काले जिल्ला समन्वय समिति कास्कीद्धारा आज आयोजित कार्यपालिका पदाधिकारीको क्षमता अभिबृद्धिका लागि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले एक व्यक्ति दुई खोप अभियान सञ्चालन गर्ने जानकारी दिए ।
जनताको प्रत्यक्ष सेवामा खटिने जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने र सङ्घ र स्थानीय सरकारका बीच प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्दे आएको उनकोे भनाई छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले अभिमुखीकरण कार्यक्रमले विकास निर्माणका कामको अनुगमनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्राध्यापक डा भरतराज पहारीले गुणस्तरीय स्थानीय पूर्वाधार र अर्थपूर्ण अनुगमन विषयमा सहजीकरण गर्दै मुठीभर मानिसको हितका लागि मात्र गरिने कामलाई विकास मान्न नसकिने बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले विकास र सुशासन विषयमा कार्यपत्र प्रस्तुत गर्दै गुणस्तरीय एवम् दीगो विकास अहिलेको मुख्य आवश्यकता भएकोमा जोड दिए ।
कास्की लगायत छिमेकी जिल्लाका कार्यपालिका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा समन्वय उपप्रमुख सावित्रा भण्डारी, जिल्ला समन्वय अधिकारी नवराज बराल लगायतले प्रभावकारी अनुगमन र गुणस्तरीय विकास निर्माणको आवश्यकता माथि जोड दिएका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ