गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले जाँदाजाँदै साढे ४ अर्बको बजेट नियमविपरित नयाँ योजनामा ठेक्का लगाएको आरोप लगाएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधी एवम् सामाजिक विकास मन्त्री समेत रहेका खड्काले नियमित पत्रकार भेटघाटका क्रममा गुरुङ नेतृत्वको सरकारले आफूविरुद्ध अविश्वासको प्रस्ताव आएपछि सरकार छाड्ने बेलामा नयाँ योजनालाई ४ अर्ब ५१ करोड ३५ हजारमा ठेक्का लगाउने निर्णय गरेको आरोप लगाएका हुन् ।
उनले ती योजना कुनैपनि हालतमा अगाडि नबढ्ने स्पष्ट पारे । ‘अघिल्लो सरकारले बजेट पुस्तिकामा नै नभएका योजनामा नियमविपरीत ठूलो रकमको ठेक्का प्रक्रिया अगाडि बढाएकाले त्यसलाई निरन्तरता दिन सकिन्न ।’ खडकाले भने – जाँदाजाँदै रातो किताबभन्दा बाहिरको योजनामा यसरी ठेक्का प्रक्रिया अघि बढाएछ । यो ठेक्का खोल्ने हो भने प्रदेशमा बजेटै बाँकी रहँदैन’

प्रमाणसहित प्रस्तुत भएका उनले लमजुङको खात्रीठाँटी–कुन्टा सोतीपसल सडकको हाँडेटार–कुन्छा (भलुवा) सडक खण्ड, कास्कीको माछापुच्छ«े गाउँपालिका जोड्ने सार्दीखोला–घाचोक जोड्ने सडकमा सेती नदीमा मोटरेवल पुल, तनहुँको शालिग्राम कोरिडोर लोकमार्ग (बैडी घिरिङ खण्ड), स्याङ्जाको शालिग्राम कोरिडोर लोकमार्ग (मालुङ्गा–बास्टारी–रानीघाट–रुद्रबेनी–सेतीवेणी, फलेवास कुश्मा) वेलटारी–रानीघाट–सतुका खण्ड, कास्कीको काहुँखोला सिक्लेस दूधपोखरी सडक, गोरखाको नारेश्वर पाणिनी चौतारा निवेत ताकुघाट सडक, म्याग्दीको बेनी दर्बाङ सडक, स्याङ्जाको नौंडाँडा–कार्कीनेटा सडक स्तरोन्नती, बागलुङको कुश्मिसेरा (जैमिनी)देखि राङ्खानी–नाम्दुक–बरेङ–शान्तिपुर सडक र लमजुङको करापुटार–डढवा–साल्मेभञ्ज्याङ–मालिङ्ग–कपुरगाउँ सडक (क्होँलासोंथर गाउँपालिकाको केन्द्र जोड्ने) का लागि साढे ४ अर्ब भन्दा बढी रकम दिने निर्णय भएको बताए ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन