पोखराको बाटुलेचौरबाट मंगलबार साँझ ५ बजेदेखि सम्पर्कविहीन भएकी समृद्धि राई धम्पुसमा फेला परेकी छन् । चौबिस घण्टा नबित्दै प्रहरीले १५ वर्षीया किशोरीलाई फेला पारी आफन्तको जिम्मा लगाएको छ ।
कास्की प्रहरीका अनुसार धम्पुस स्थित प्रहरी कार्यालयले समृद्धिकी आमालाई केहि बेर अघि मात्रै जिम्मा लगाएको हो । चितवन, नवलपरासी लगायत जिल्लाहरुमा किशोरीहरु हराएका तथा मृत भेटिएका घटना सार्वजनिक भइरहँदा पोखरामा बालिका हराएपछि परिवार आत्तिएका थिए ।
उनीहरुले एक दिन नबित्दै प्रहरीमा खोजतलासका लागि निवेदन दिए । त्यसपछि प्रहरीले खोजीमा तीब्रता दिएको थियो । साथै, सामाजिक सञ्जालहरुमा पनि खोजीका लागि आग्रह भएपछि पोष्ट भाइरल बन्यो ।
यसरी भेटिइन् समृद्धि
मंगलबार साँझ ५ बजेतिर उनी घरबाट निस्केको परिवारले जानकारी दिएको छ । लामाचौरतर्फ हिँड्दै गएको देखेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ । उनले मोबाइल बोक्ने गरेकी थिइनन् ।
त्यसपछि ट्याक्सीमा समृद्धि र उनका निकट साथी ट्याक्सी चढेर गएको खुलेपछि प्रहरीले ट्याक्सीको खोजतलास सुरु गरेको प्रहरी श्रोतले जनाएको छ । ट्याक्सी चालक नियन्त्रणमा लिएपछि उनले धम्पुसमा लगेर छाडेको बताए ।
धम्पुस प्रहरीले त्यहाँका सबै होटल तथा होम स्टे छापा मार्दा एक होटलमा बसेको अवस्थामा भेटिएको थियो । सोहि समय १७–१८ वर्षका एक व्यक्ति हराएको भन्दै परिवारले खोजतलासका लागि प्रहरीमा रिपोर्ट गरेको कास्की प्रहरीले जनाएको छ । यसकै आधारमा पनि खोजतलासमा सहजता भएको हो ।
१५ वर्षकी बालिका एक्कासी वेपत्ता भएका कारण पनि तदारुकता साथ खोजबिनमा लागेको प्रहरीले चौबिस घण्टामै ठाउँ पत्ता लगाएको हो ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन