तीन दिन देखि बेपत्ता बालकको शव भेटियो

तीन दिन देखि बेपत्ता बालकको शव भेटियो

bibek-bista-1

कैलालीको टीकापुर नगरपालिका-१ ब्लक नं. ८ बाट सोमबार बेपत्ता बालकको शव फेला परेको छ ।

स्थानीय दिलिप बिस्टका करिब ३ वर्षका छोरा विवेक बिस्ट सोमबार ११ बजे घर नजिकैबाट बेपत्ता भएका थिए ।

बुधबार साझ टिकापुर नगरपालिका- ४ बागमारा स्थित जमरा कुलाको किनारमा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

पानीमा डुबेको अवस्थामा शव फेला परको थियो । उनले कानमा लगाएको सुन भेटिए पनि चाँदिको बाला फेला नपरेको इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

घटनको छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक विश्व अधिकारी धनगढीबाट टिकापुर लागेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ