पोखरा । पोखरामा २० जना विपन्न बालबालिकालाई खाद्यान्न खाजा तथा स्टेशनरी सामान वितरण गरिएको छ । कलाकार तथा सामाजिक अभियन्ता मिलन शेरचनले उनका आफन्त दाइ तथा कोपिला नेपाल संस्थाबाट प्राप्त सहयोग आज (बिहीबार) वितरण गरेकी हुन् ।
शेरचनका अनुसार उनका आफन्त दाईबाट रु. १० हजारको खाद्यान्न खाजा तथा कोपिला नेपाल संस्थाबाट १२० पिस कापी र ८ प्याकेट कलम सहयोग प्राप्त भएको थियो । उक्त सहयोगबाट आज कापी–कलम भने केही मात्र वितरण गरिएको र बाँकी आगामी दिनमा वितरण गर्ने बताइन् ।
कोरोना महामारीले निम्त्याएको असहज परिस्थितिको मारमा परेका विपन्न वर्गका लागि राहत अभियान सञ्चालन गरेकी शेरचनले आज उक्त अभियानअन्र्तगत विपन्न वर्गका बालबालिकालाई सहयोग गरिएको जानकारी दिइन् ।
वर्तमान परिस्थितिमा विपन्न वर्गका बालबालिकाको बाल मानसपटलमा नराम्ररी चोट पुग्न गएको अवस्थालाई मध्य नजर गरी उनीहरुलाई केही मात्रामा भएपनि सहज तुल्याउने प्रयास गरिएको उनले बताइन् ।
उनले आफन्त दाइ र कोपिला नेपालका कार्यकारी निर्देशक बिना कुमारी सिलवाल प्रति आभार व्यक्त गरिन् । उनले भनिन्, “बिना ज्यू सुन्दर पोखराका कर्मठ नारीसमेत हुनुहुन्छ, संस्था मार्फत यो अभियानमा साथ दिनुभयो, यता मेरो आफन्त दाइ जसले न्युजमा नामसमेत नदिने सर्तमा सहयोग जुटाईदिनुभयो, सहयोगका लागि आभारी छु ।”
यस्तो अवस्थामा सरकार मौन बस्नु दुखदायी भएको बताउँदै उनले हुनेखाने र हुँदा खाने बालबालिका बिचको असमानता हटाउन राज्य पक्षको ध्यान पुग्न जरुरी रहेको बताइन् । उनले भनिन्, “अहिले हुँदा खानेको बालबालिकामा भोकको छट्पटि एकातिर पढाइको असर अर्कोतिर छ, उनीहरुलाई इन्टरनेटको पहुँच त टाढाको कुरा हो, यस विषयमा राज्य सरकारको ध्यान पुग्न सकोस् ।”
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो