पोखरा । लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका–३२ गगनगौडा र आसपासका बस्ती डुबानमा परेका छन् ।
लगातारको बाढीसँगै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आएको पानी यस क्षेत्रका कालिका नगर, छुची, लामेआहाल, राधाकृष्ण टोल, बाह्रसय चौतारा, एकानब्बेको बान्नोलगायतका स्थानमा प्रत्यक्ष प्रभाव पारेको नेपाल रेडक्रस सोसाइटी पोखरा–३२ उपशाखाका सभापति किसन परियारले जानकारी दिए।
आफूहरूले यस सम्बन्धमा स्थानीय सरकारसमक्ष पनि जानकारी गराएको उनले बताए। तत्कालीन समस्याको समाधानका लागि पहल गर्दै यसको दीर्घकालीन समाधानतर्फ ध्यान दिनु अपरिहार्य भएको उनले बताए । बाढीका कारण नहरमा आएको अनियन्त्रित पानीका कारण बाह्सय चौतारा एवं नवीन टोलमाथि साविक एकानब्बेको बान्नो भन्ने स्थान नजिकै नहरको पानीले पक्की बाटो कटान गर्दै जान थालेपछि थप समस्या पर्ने देखिएको उनको भनाइ छ । उनका अनुसार बाढीका कारण स्थानीयवासीसहित शहरी स्वास्थ्य केन्द्रको भवनसमेत जोखिममा परेको छ ।
यस क्षेत्रमा बाढीका कारण पीडामा परेका जनताको समस्या समाधान गर्नुपर्ने जनाउँदै उनले राज्यले सञ्चालन गरेको विपद् व्यवस्थापन कोषमार्फत तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए। शहरी स्वास्थ्य केन्द्र भन्दा तल रहेको खुदीखोला १ नं का बस्ती पनि जोखिममा रहेका कारण सजग रहन आग्रह गरिएको छ । नहरमा आउने पानीलाई व्यवस्थित नगरिँदा यस क्षेत्रमा सिँचाइजस्तो नभएर खहरे खोलाजस्तो बन्दा वर्षेनी समस्या बढिरहेको स्थानीयवासीको गुनासो छ । पोखरा–३२ का विभिन्न स्थानमा बाढीका कारण परिरहेको प्रभावको दीर्घकालीन समाधानका लागि वडाका तर्फबाट सम्बन्धित निकायमा पहल गरिएको वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो