सत्तासीन नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सरकार विरूद्ध भइरहेका गतिविधिको सडकबाटै प्रतिवाद गर्ने निर्णय गरेको छ । अब अफवाह चिर्नका लागि सडकमै उत्रने पनि जानकारी दिएकाे छ ।
सरकारले गरेका अथाह काम आमजनतामाझ पुर्याउन पनि अब सडक आन्दोलनको विकल्प नभएकाे युवा संघकाे ठम्याइ छ ।
प्रेस चौतारी कास्कीद्वारा आज (शुक्रबार) पाेखरामा आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रिय अध्यक्ष किरण पौडेलले सडक आन्दोलनको उद्घोष गरे । सरकारको पक्षमा सडकमा उत्रने घोषणा गर्दै उनले भने ‘अब हामी सरकारविरुद्ध लाग्नेहरुका लागि वक्तब्यमा मात्रै सीमित रहदैनौँ । भोलिबाटै ७ प्रदेशका मुख्य केन्द्रहरुमा रचनात्मक आन्दोलन सुरु गरिनेछ ।’
अध्यक्ष पौडेलले देशलाई रणभूमि बनाउन विभिन्न समुहले मिशन नै बनाएर लागिपरेको आरोप लगाए । ‘देशलाई रणभूमि बनाउन खोजिएको छ । बफर जोन बनाउन खोजिएको छ । त्यसकारण विभिन्न मिसनबाट परिचालितहरुले सडक कब्जा गर्न नपाउन् भन्नेपनि उद्धेश्य हो । हाम्रो आन्दोलन समृद्धिको बाधक तत्वहरु विरुद्ध हो । अब हाम्रो भेट सडकमा हुनेछ ।’
सडक आन्दोलनकै क्रममा विविध माध्यमबाट सरकारले गरेका कार्यहरुबारे डिस्प्ले गरिने उनको भनाई थियो ।प्रेस चौतारी कास्कीका संयोजक अर्जुन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसंयोजक मोतिसागर अधिकारीले गरेका थिए ।

तस्वीरः माधव भुषाल
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन