पोखरा । नेपाल मगर पत्रकार संघ, कास्कीले प्रदान गर्दै आएको “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७८”बाट यस वर्ष कास्कीका पत्रकार एमबी आस्था मगरलाई पुरस्कृत गरिने भएको छ ।
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालले स्थापना गरेको सो पुरस्कारबाट एबीसी न्यूज टेलिभिजनका गण्डकी प्रदेश ब्यूरो प्रमुख मगरलाई पुरस्कृत गरिन लागेको संघका अध्यक्ष रूद्रबहादुर हितानमगरले जानकारी दिए। पुरस्कारको राशि १० हजार रुपैयाँ नगद र ताम्रपत्र रहेको छ ।
पुरस्कारका लागि गठित प्रतिभा छनौट समितिले सिफारिस गरे अनुसार मगर पत्रकार संघ, कास्कीको शनिबार सम्पन्न बैठकले पत्रकार मगरको नाम सर्वसम्मत अनुमोदन गरेको हो । संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा गठित छनौट समितिमा हर्क आलेमगर, तारामाया थापामगर, नरमाया आलेमगर र रूद्रबहादुर हितानमगर रहेका थिए।
मगर जातिको मौलिक संस्कृतिको रुपमा रहेको कौरा नाचको उत्थान र प्रवद्र्धनमा पत्रकारितामार्फत् योगदान पुर्याउने एक जना मगर पत्रकारलाई हरेक वर्ष यस पुरस्कारबाट सम्मान गरिँदै आएको छ । पुरस्कार हरेक वर्ष जेठ १५ गते कौरा संरक्षण समितिको स्थापना दिवसका दिन प्रदान गरिने भएपनि कोरोना महामारीका कारण ढिलाइ भएको समितिका अध्यक्ष हर्क आलेमगरले जानकारी दिए।
यसअघि, सो पुरस्कारबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) की कमला रानामगर, कास्कीका तिलकप्रसाद पुनमगर र तनहुँका प्रताप रानामगर पुरस्कृत भइसकेका छन्। साउने संक्रान्तिको विशेष पारेर आयोजना गरिने विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिने कार्यसमिति सदस्य मीना थापामगरले जानकारी दिइन्।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो