पोखरा । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले गण्डकी प्रदेशमा बहुमुल्य जडीबुटी भएको प्रदेश भएको बताएका छन् ।
गण्डकी आयुर्बेद औषधालयको बार्षिक समिक्षा कार्यक्रममा उहाँले प्रदेशको माथिल्लो भागमा रहेको जिल्लाहरुमा पाईने जडिबुटीको प्रबद्धन बाट प्रदेशको आयुर्वेदिक पर्यटन समेत विकास हुने बताए । मानिसको जिवनशैली दैनिक रुपमा भोगबिलासी तर्फ गईरहेको अवस्थामा प्राकृतिक उपचार प्रणाली, अर्गानिक खाना अनि औषधीय गुण भएका जडिबुटीको विकास, संरक्षण, विस्तारीकरण महत्वपुर्ण बिषय रहेकोमा उनले जोड दिए । ग्रामिण भेगका जडिबुटीदेखि विश्व बजारमा बहुमुल्यमा बिक्री हुने जडिबुटीलाई राज्यले उचित व्यवस्थापन गर्न आवश्यक रहेको उनको भनाई थियो ।
अहिलेको पछिल्लो कोरोना भाईरस संक्रमणले पनि खानपान र रहनसहनमा परिबर्तन आवश्यक रहेको चेतावनी मानवजातीलाई दिएको छ । हामीले यो अवस्थालाई पनि एउटा अवसरको रुपमा लिएर हाम्रा सम्पतीलाई विश्व बजारमा बजारीकरण गर्न आवश्यक रहेकोमा उनले स्पष्ट पारे ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विनोद बिन्दु शर्माले सीमित स्रोत साधनका बिचमा पनि गण्डकी आर्युवेद औषधालयले प्रगती गरेको बताए । सरकारले यो क्षेत्रको विकासका लागि आवश्यक पहल गर्ने र मन्त्रालयले समन्वय गर्ने उनले उल्लेख गरे । औषधालयका प्रमुख डा. कुमार कासुलाले रणनितिक तहगत समस्याहरुको पहिचान भएको र यसको निराकरण हुने अपेक्षा गरेको बताए । आयुर्वेदिक लाई बौद्धिक सम्पतीको रुपमा लिई राज्यले संरक्षण गर्न पर्नेमा उनको जोड थियो ।
उक्त कार्यक्रममा औषधालयले र्निमाण गरेको प्रदेश भित्रका आयुर्वेदिक बिषयका जानकारी समेटिएकोे डायरी बिमोचन गरिएको थियो ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’