मुस्ताङ, १४ वैशाख । हिमालपारीको जिल्ला मुस्ताङमा सिडिओको जिम्मेवारी सम्हाल्दै आएका पर्वत ज्ञादीका रामचन्द्र तिवारीले आफ्नो एघार महिने बसाई अविस्मरणिय र ऐतिहासिक बसाई भएको बताएका छन् ।
नेपाल सरकार गृह मन्त्रालयले देशका विभिन्न जिल्लामा सिडिओ तथा सहायक सिडिओ सरुवा, बढुवा गर्नेक्रममा मुस्ताङका सिडिओ तिवारी सरुवा भई अध्यागमन विभाग काठमान्डौं प्रस्थान गर्ने तयारीमा छन् । उनलाई कर्मचारी क्लव मुस्ताङले भोली ९ बजे विदाई गर्ने भएको छ ।
निकै फुर्तिला,जोशिला र अनुभवी युवा व्यक्तित्व सिडिओ तिवारीलाई नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाले शनिवार उनकै कार्यकक्षमा बिदाई गरेको छ । सो क्रममा पत्रकार संग बिदाई अनुभव आदान प्रदान गर्ने क्रममा उनले मुस्ताङमा पहिलो सिडियो भएर जिम्मेवारी संम्हाल्दै गर्दा यहाँबाट धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताए ।
‘उच्चपहाडी भुगोल भएको जिल्ला,धार्मिक तथा पर्यटकिय गन्तब्य भएको जिल्ला,यहाँ धेरै आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत हुने जिल्ला र उनीहरु संग प्रत्यक्ष अन्तरक्रिया गर्न पाईने जिल्ला भएकाले यहाँको बसाई उपलब्धीमुलक सम्झिएको छु।’ तिवारीले भने ।
थोरै जनघनत्व,शान्तिपुर्ण जिल्ला मुस्ताङमा राजनैतिक प्रतिस्पर्धा न्युन भएको अनुभव सुनाउदै तिवारीले निर्वाचनका बेला प्रशासनिक कार्यान्वयनमा केही असहज जस्तो देखिएपनि समग्र मुस्ताङवासीको माया, ममता र स्नेह जीवनमा यादगार रहिरहने उल्लेख गरे । उनले भने ‘ मुस्ताङ मेरा लागि काम गर्ने भन्दा सिक्ने पाठशाला बन्यो,यहाँको तिब्बतीयन भोट संस्कृति र सभ्यता, यहाँको हावापानी, रहनसहन र आनीबानीको अनुभव गर्देगर्दाको बसाईले जीवनभरको संम्झना लायक क्षण रहने छ । यहाँबाट केही काम गरे, धेरै कुरा लिएर जादैछु,आगामी उपलब्धीको श्रेय मुस्ताङलाई सम्झने छु ।’
सिडिओ तिवारीले संविधान कार्यान्वयनका लागि राजनितिक संक्रमणको अन्त्यको प्रमुख कडिको रुपमा रहेको संघिय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपुर्ण रुपमा संम्पन्न गर्न सफल भएको र यसमा सबैको सहयोग र सहकार्य महत्वपुर्ण भएको उल्लेख गरे ।
उनले राजनितिक संक्रमणको अन्त्य भएपनि प्रशासनिक संक्रमणको अन्त्यको चरणमा भएकाले त्यसका लागि स्थानीयतहमा कर्मचारी व्यवस्थापन र समायोजन र विषयगत कार्यालयहरुको संम्पति व्यवस्थापन गर्ने प्रक्रियाबीचमै रहेको स्पष्ट पारे ।
उनले सो अवसरमा कोरलानाका सम्मको पहुचमार्ग विस्तार गर्न बेनी,जोमसोम,कोरला सडक राष्ट्रिय योजना सहित प्राथमिकता साथ काम भईरहेको बताए । कोरलानाकाको आवश्यक भौतिक पुर्वाधार बिकासका लागि सरकारी जग्गा विनियोजन भएको उल्लेख गर्दे तिवारीले जसमा भन्सार, नापी, अध्यागमन र अरु सुरक्षा निकायलाई चाहिने जग्गाको काम सम्पन्न भएको खुलाए ।
कोरलानाका खोल्नुपर्छ भन्ने आफ्नो दृढ मान्यता रहेको र त्यसका लागि मुस्ताङ बसाईका क्रममा तिब्बती अधिकारीहरु संग पटक पटक वार्ताका माध्यमबाट आश्वस्त पार्ने कार्य गरिएको तिवारीले जनाए ।
सम्बन्धित खबर
कोरोला नाकामा पहिलो पटक बत्ती बल्यो
कागबेनीमा कलेज बस दुर्घटना, २१ जना घाइते
मुस्ताङमा लेक लागेर ३ वर्षमा २९ जनाको मृत्यु
कोरला नाका १५ दिन बन्द हुने
पोखराकी महिलालाई पक्राउ गरी मुस्ताङ लगियो
१७ वर्षका स्वामी भारतबाट पैदलै जोमसोम !
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग