गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका सांसद रामशरण बस्नेतले गण्डकी प्रदेशसभा बैठकमा आफूले टेबल पछारेको नभई ठाउँ साँघुरो भएर माथि सारेको प्रष्टीकरण दिएका छन् ।
बजेट पास गर्ने कार्यसूचि रहेको प्रदेशसभाको बुधबार बसेको बैठकलाई अवरोध गर्दै एमाले सांसदहरुले कुनै हालतमा सदन चालू हुन नदिने मनसायका साथ नाराबाजी गरिरहेका थिए । सोहि क्रममा मर्यादापालकसँग ठेलमठेल भएपछि बस्नेतले टेबल उचालेर फालेका थिए ।
कोरोना महामारीका कारण भौतिक दुरी कायम गर्नुपर्ने भएकाले अहिले पोखराको सभागृहमा प्रदेशसभा सञ्चालन हुँदै आएको छ । त्यसैले त्यहाँको भौतिक सामाग्रीहरु अस्थायी रुपमा जडान भएका छन् ।
घटनापछि एमाले संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद बस्नेतले साँघुरो भएर आफूले टेबल सारेको दाबी गरेका हुन् । उनले भने – ‘साँघुरो भएर सारेको हो, हान्न खोजेको होइन । तपाईं पत्रकारहरु जुनै पार्टी समर्थित हुनुहोला, बुझेर लेख्नुहोला ।’
उनले सत्तारुढ सांसदहरुले आफूहरुमाथि आक्रमणको प्रयास गरेको दाबी समेत गरे । एमाले एक्लैको २७ सांसद रहेको भन्दै उनले ४ वटा पार्टीको सत्तापक्ष र आफ्नो दलबीच जम्मा चार सिट मात्र फरक रहेको बताए । उनले भने, ‘सरकार तानाशाही रुपमा अगाडि बढेको छ, यसको नेकपा एमालेले प्रतिवाद गर्छ ।’
सांसद बस्नेतले सभामुख अधिकारीले गैरसंसदीय चरित्र देखाएको आरोप लगाए । उनले समन्वयको भूमिका पनि नखेलेको बताए । आज मात्रै एमालेले ४ चोटी बैठक अवरोध गरेको थियो ।
एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले एमालेले शक्ति नदेखाएको बताए । उनले एक्लै २७ जना रहेको एमालेले साँच्चै टेबुल फाल्ने, हुलहुज्जत गर्ने हो भने सक्ने तर त्यस्ता कार्य एमालेले नगर्ने बताए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो