पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षणपछि बिहीबार उनले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर सरकारले बजेट बनाएको बताए ।
कोभिड नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले खेलेको भूमिको उच्च मूल्यांकन गर्दै उनले प्रोत्साहन रकम नपाएका स्वास्थ्यकर्मीलाई संघले नदिए प्रदेशले उपलब्ध गराउने प्रतिबद्धता जनाए । अहिले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभावको समस्या समाधानका लागि प्रदेश सरकारले अध्ययन थालेको भन्दै उनले थप सुविधा दिएर भए पनि विशेषज्ञ चिकित्सक उपलब्ध गराइने बताए । मुख्यमन्त्री पोखरेलले आइसोलेसनमा रहेका बिरामीसँग टेलिफोन सम्पर्क गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले गण्डकी सरकारको सम्पति संक्रामक तथा सरुवा रोग अस्पताललाई मुलुकभरकै नमुना बनाउने प्रतिबद्धता जनाइन् ।
गण्डकीका प्रमुख सचिव डा. दामोदर रेग्मीले कमजोर आर्थिक अवस्था भएको हाम्रो मुलुकले कोरोना नियन्त्रण र रोकथामका लागि गरेको काम अनुकरणीय भएको बताए । उनले भने, ‘स्वास्थ्यकर्मीको समर्पणका कारण यो सम्भव भएको हो, उपचारभन्दा पनि व्यवहारका कारण रोग निको भएको हो ।’
अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले सिमित स्रोत र साधनका बीच पनि अस्पतालले छोटो अवधिमा उत्कृष्ट कार्यसम्पादन गरेको बताए । गत आर्थिक वर्षमा ८ सय २१ जना कोभिड बिरामीको उपचार गरेको जानकारी उनले गराए । आइसियु, एचडियु, आइसोलेसन, प्रयोगशाला सञ्चालन गरी बिरामीलाई सेवा दिएकामा अहिले अक्सिजन प्लान्ट पनि जडान भइसकेको उनले बताए ।
उनले अस्पतालमा ल्याब टेक्निससियन, रेडियोग्राफर, विशेषज्ञ चिकित्सक टिकाउन प्रदेश सरकारले विशेष व्यवस्था गर्न आग्रह गरे । अस्पताल सञ्चालक समिति अध्यक्ष मेजर रामप्रसाद गुरुङले महायज्ञबाट जग्गा प्राप्त गरी लायन्स अस्पताल सञ्चालन भएकामा अहिले प्रदेश सरकारको स्वामित्वमा गएको बताए ।
चैत ३, २०७६ मा प्रदेश सरकारले निर्णय गरी २०७७ साउन मा प्रदेश सरकारले स्वामित्व लिएको हो । २०७७ भदौ ३ मा अस्पतालमा नामकरण भएको हो ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ