पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्यमा माया तिम्सिना नियुक्त भएकी छन् । तिमिल्सिनाको नियुक्तिसँगै आयोगले पूर्णता पाएको छ ।
नवनियुक्त सदस्य तिमिल्सिनालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोग उपाध्यक्ष डा. रघुराज काफ्लेले पद तथा गोपनीयताको सपथ गराए । उक्त अवसरमा मन्त्रीहरु कुमार खड्का, हरिशरण आचार्य, प्रदेश सभा सदस्य ओमकला मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, प्रमुख सचिव डा.दामोदर रेग्मी सहभागी थिए ।
सपथपछि मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिका लागि अनुभव प्रयोग गर्न आग्रह गरे । संघ तथा प्रदेशका पञ्चवर्षीय योजना कार्यान्वयन, दीगो विकासका लक्ष्य प्राप्तिका साथै रोजगारी सिर्जना हुने गरी आयोगले काम गर्नुपर्ने उनको भनाइ थियो ।
पोखरा– ३३, भोटेपोखरीकी तिम्सिनाले अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरेकी छन् । जनसांख्यिक अर्थशास्त्र, कृषि, खाद्य सुरक्षा, सार्वजनिक खर्च प्रणाली, वित्तीय संघीयता, रोजगारी र आम्दानीको वितरण लगायत विषयको अनुसन्धानमा उनको विशेष रुचि छ । उनीसँग त्रिभुवन विश्वविद्यालय मातहतको रत्नज्योति कलेज, काठमाडौंमा अध्यापन गरेको अनुभव छ । सपथपछि उनले प्रदेश सरकारको गरिमा थप उँचो पार्नेगरी काम गर्ने प्रतिबद्धता जनाइन् । पोखरेल सरकारले यसअघि उपाध्यक्ष र सदस्यमा क्रमशः डा. रघुराज वाग्ले र डा. सुवाश अधिकारी नियुक्त भइसकेका छन् ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’