पोखरा । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले निकट भविष्यमै पार्टी सङ्गठित भएर अघि बढ्ने बताएका छन् । उनले एमाले एक भइ अघि बढ्नुको विकल्प नभएको भन्दै शीर्ष नेताहरुको ईगोको लडाईंलाई मत्थर बनाउन दोस्रो तहका नेताहरु लागिरहेको जनाए ।
नेकपा (एमाले) का गण्डकी प्रदेश इञ्चार्ज समेत रहेका गुरुङले भने– पार्टीलाई एक ढिक्का बनाउन दोस्रो पुस्ताको नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । पार्टी एकताका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको प्रत्यक्ष वार्ताको तयारी भएको छ ।”
मदन भण्डारी फाउन्डेसन कास्कीले प्रेस चौतारी कास्कीका सदस्यहरुलाई आमन्त्रण गरी आयोजना गरेको ‘पार्टीभित्रको समस्या समाधानमा सञ्चारकर्मीको भूमिका’ विषयक छलफलमा उनले आगामी एक–दुई दिनभित्रै पार्टी एकता टुङ्गो लाग्ने बताए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबारसम्ममा टुंगो लगाउन निर्देशन दिइसकेका छन् ।
उनले माधव नेपाल समूह बर्गशत्रुसँग घाँटी जोडेर आफ्नै पार्टी विरुद्ध खुलेआम लाग्नु, बामदेव गौतम एकताको नाममा आफू प्रधानमन्त्री हुने खेलमा लाग्नु, केपी ओली कसैको कुरा नसुनी एक्लै निर्णय गर्नु नै पार्टी यो हालतमा पुग्नुको कारण रहेको उल्लेख गरे ।
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री गुरुङले सङ्गठित पार्टी निर्माणमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पार्टीको आगामी महाधिवेशनले अहिले देखिएका असन्तुष्टिको अन्त्यका लागि आवश्यक नीति निर्माण गर्नेमा जोड दिए ।
नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लानुको विकल्प नभएको बताउँदै त्यसका लागि मिडियाले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
फाउण्डेसन कास्कीका अध्यक्ष माधव बाँस्तोलाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’