पोखराका पत्रकार रञ्जन अधिकारीलाई समाचारका विषयमा असम्बन्धित पक्षबाट पटक पटक तनाव दिनुका साथै धम्की दिएपछि यहाँ स्थित पत्रकार सम्बद्ध संघसंस्थाहरुले भत्र्सना गरेका छन् ।
प्रेस चौतारी नेपाल कास्की, अनलाइन पत्रकार संघ गण्डकी, प्रेस युनियन कास्की, पत्रकार महासंघ कास्कीले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै अधिकारीलाई दिइएको धम्कीको भत्र्सना गरेका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले एक विज्ञप्ती जारी गर्दै पूर्व कार्यसमिति सदस्य रञ्जन अधिकारीमाथि भएको घटना स्वतन्त्र प्रेस माथि आक्रमणको घटना भएको जनाएकी छन् ।
विज्ञप्तिमा उल्लेख छ – ‘नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य एवं गण्डक न्यूजका सम्पादक रञ्जन अधिकारीले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई हाल पोखरा महानगरपालिका–११ बस्ने श्रीकृष्ण श्रेष्ठले पत्रकार अधिकारीलाई सामाजिक सञ्जाल तथा फोनमार्फत धम्की दिएको घटनाप्रति महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिल मार्फत कानुनी उपचार खोज्ने विकल्प हुँदा हुँदै धम्की दिने कार्य अत्यन्त निन्दनीय र खेदजनक छ । साथै यस घटनाले स्वतन्त्र प्रेस माथि आक्रमण भएको महासंघ कास्कीको ठहर छ ।
संविधानको प्रस्तावनामा नै उल्लेख भएको प्रेस स्वतन्त्रता माथी आघात पु¥याउने यो घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई तत्काल कानुनी कारवाही गर्न पत्रकार महासंघ कास्की सम्वन्धित पक्षसँग जोडदार माग गर्दछ ।
पत्रकार अधिकारीले २०७८/०४/१५ गते शुक्रबार साँझ घटनाका विषयमा महासंघमा लिखित निवेदन दिए पश्चात् महासंघ कास्की शाखाको ध्यानाकर्षण भएको छ । महासंघ आम श्रमजीवी पत्रकारहरूको अभिभावकीय संस्था भएकाले आफ्ना सदस्यहरूलाई आइपर्ने जस्तोसुकै समस्या समाधानका लागि सदैव प्रतिवद्ध रहँदै आएको छ ।’

सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्