मोडल आकांक्षा विश्वकर्मा ‘मिस पेटिट ग्लोबल २०२२’ मा सहभागी हुँदैछिन् । ‘मिस ग्रेस पोखरा २०२१’ को उपाधि विजेता आकांक्षाले ‘मिस पेटिट ग्लोबल’ मा सहभागिता जनाउने अवसर पाएकी हुन् ।
पोखरामा रहेर मोडलिङ गर्दै आएकी आकांक्षाले मलेसियामा आगामी फेब्रुअरीमा हुने’मिस पेटिट ग्लोबल २०२२’ मा सहभागिता जनाउने पक्का भएर तयारी सुरु गरेको बताइन् । मिस ग्रेस पोखरा विजेताले सिधै मिस पेटिट ग्लोबलमा सहभागिता जनाउने अवसर पाउँछन् ।
टियरा मेनेजमेन्टको आयोजनामा ३५ देशका प्रतिष्पर्धीको सहभागिता रहने सो इभेन्टमा आफूले नेपाललाई चिनाउने राम्रो मौका मिलेको पनि बताइन् ।
सहभागिताको उपाधि जित्नको लागि फाइनल स्पीच, प्रश्नोत्तर, इभिनिङ गाउन, स्पोर्ट वेयर, राष्ट्रिय पोशाक, टप मोडल, फिटनेस च्यालेन्ज, ट्यालेन्ट राउण्ड र डिप इन्टरभयू मार्फत प्रतियोगीले क्षमता प्रस्तुत गर्नेछन् । यसको लागि आफूले अहिल्यैबाट तयारी थालेको उनले जनाइन् ।
आकांक्षाले हालै सम्पन्न नेपाल संगीत तथा नाट्य अवार्ड २०७७ कार्यक्रममा वेष्ट पेजेन्ट अवार्ड जितेकी थिइन् । पोखराको जनप्रिय क्याम्पसबाट प्लस टु उत्तीर्ण भएकी उनी अहिले स्नातक पहिलो वर्षमा अध्ययनरत छिन् ।
नेपालको संस्कृतिलाई विश्वमाझ चिनाउँदै उपाधि चुम्ने आफ्नो लक्ष्य रहेको उनको भनाई छ । ‘मेरो लक्ष्य नेपालको संस्कृतिलाई विश्वमाझ चिनाउदै उपाधि चुम्ने हो’ उनले भनिन् । भोलिको दिनमा मोडलिङबाट नै आफू अघि बढ्ने आकांक्षाले बताइन् ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ