शनिबार गण्डकीका ५७३ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२२० जनामा गरिएको नमुना परीक्षणमा थप ५७३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४०२ जनाको नमुना परीक्षण गर्दा १८३ जना, तनहुँका १८४ जनाको परीक्षण गर्दा ९६ जना, गोरखाका २३१ जनाको परीक्षण गर्दा १०९ जना, लमजुङका ७७ जनाको परीक्षण गर्दा २७ जना र नवलपुरका १०१ जनाको परीक्षण गर्दा ६४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका ३४ जनाको परीक्षणमा १४ जना, पर्वतका १७ जनाको परीक्षणमा दुई जना, बागलुङका १११ जनाको परीक्षणमा ५४ जना र म्याग्दी जिल्लाका ६३ जनाको परीक्षणमा २४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७१ हजार ५४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ५३८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६४ हजार ५३९ पुगेको छ।
शनिबार गण्डकीमा थप पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, लमजुङका एक जना र कास्की जिल्ला पोखरा महानगरका तीन जना छन्।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११२८ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु