पोखरा- नागरिक सामाज कास्कीले खोप अभियान व्यवस्थित गर्न स्वास्थ्य कार्यालय कास्कीलाई आग्रह गरेको छ । समाजले कार्यालय प्रमुख बाबुराम आचार्यलाई भेटेर उक्त माग गरेको हो । पछिल्लो समय निश्चित समूह बाहिरका मान्छेले खोप लगाएको गुनासो सुनिएको समाजले बताएको छ ।
समाजका संस्थापक संयोजक रामबहादुर पौडलले अब हुने खोप अभियान व्यवस्थित गर्न र केन्द्रलाई फराकिलो बनाई केन्द्र विस्तार गर्नसमेत आग्रह गरे । उनले भने, ‘उमेर समूहको चरणमा खोप अभियान सञ्चालन हुुनुपर्छ । विदेश जाने, वृद्धवृद्धा, सरकारी कर्मचारी, स्वास्थ्य कर्मचारीलाई लगाइने खोप छुटाछुटै व्यवस्था हुनुपर्छ ।’
समाज खोप अभियान व्यवस्थित गर्न भोलेन्टिएर खटाउन आफूहरु तयार रहेको उनले सुनाए । पौडेलले भने, ‘जनताको हितका लागि समाज सेवा गर्न तयार छौं ।’ समूह चरणमा लगाइने खोपमा अन्य समूहलाई नलगाउन उनले माग गरे ।
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्माले सूचना दिन कुनै चासो नदिने समेत पौडेलले आरोप लगाए । उनले भने, ‘स्वास्थ्य महाशाखाले गर्ने काम विवादास्पद र दोहोरो अर्थ लाग्ने खालेको छ ।’
दोस्रो खोप अभियानमा पहिलो खोप लगाउने मान्छे पनि सहभागी भएको समाजका निवर्तमान संयाेजक विष्णुहरि अधिकारीले बताए । ‘कार्ड नै नभएकाले पनि खोप लगाए, कार्डमा वैधानिक छापको व्यवस्था गर्नुपर्छ,’ उनले भने ।
कार्यालय प्रमुख आचार्यले जुन स्थानमा पहिलो खोप लगाएका हुन् दोस्रो खोप पनि त्यही स्थानमा गएर लगाउने व्यवस्था मिलाउने बताए । अब हुने खोप अभियानमा निश्चित उमेर समूहकालाई एकै ठाउँमा नराख्ने उनले बताए । ४ नगरपालिका र महानगरपालिकामा ३१ र ३२ गते ३२ हजार एस्टाजोनिक खोप लगाइने जानकारी आचार्यले दिए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन