पोखराको नदीपुरमा नागरिक सहयोगमा दुइ तले प्रहरी भवन निर्माण भएको छ । ६ कोठे भवनको पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजुले शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
वि.सं. २०३६ सालमा बनेको टिनको टहरालाई विस्थापित गर्दै उक्त भवन बनाइएको हो । भवन निर्माण हुँदा नहरको मापदण्ड मिचिएको भएपनि नागरिक सुरक्षासंग जोडिएको हुनाले वडाले उक्त भवन बनाउन स्विकृति दिएको वडाध्यक्ष प्रजुले बताए ।
उक्त भवन निर्माणका लागि ३७ लाख रुपैयाँ संकलन गरिएको अर्थ संकलन भएको गाएक भाष्करध्वज श्रेष्ठले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि ३४ लाख रुपैयाँ भवन निर्मांण गर्न र बाँकी तीन लाख रेलिङ लगायतका पूर्वाधार निर्माणमा खर्च गरिएको छ । सबैरकम दाताहरुबाटै संकलन गरिएको उनले बताए ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिस्ठानका संस्थापक अध्यक्ष प्रजापती पराजुलीले नागरिकको सहयोगमा भवन निर्माण गरिनु आफैमा महत्वपूर्ण रहेको धारणा राखे । काम गर्नेले जस पाउने र अबजस पाउने सामान्य रहेको उनको भनाई थियो ।
वडा नम्बर ३ की वडा सचिव चन्द्रवती वाग्लले जनताको शान्ति सुरक्षासंग जोडिएको पाटो रहेकाले वडाले यसमा साथ दिएको बताइन् । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक पालिखेले संकुचित बिचार लिएर विकास गर्न नसकिने भन्दै सबैले उदार भावना राख्नुपर्ने धारणा राखे ।
कार्यक्रममा वडा सदस्य लक्ष्मी पराजुली, महिला मिलन केन्द्रका अध्यक्ष लक्ष्मी अधिकारी लगायतले बोलेका थिए । भवन निर्माण समितिका अध्यक्ष सहदेव वानियाँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भवन निर्माण समितिका सचिव सनकलाल श्रेष्ठ लगायतले उक्त अबसरमा आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले प्रहरी विटका प्रमुख, प्रहरी हवल्दार गौतम श्रेष्ठले लिएको अग्रसरता र त्यसमा भएको साथ र सहयोगले भवन निर्माण सम्पन्न गर्न सफल भएको भन्दै उनको प्रशंसा गरेका थिए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’