पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको नानिङ शहरले पोखरा महानगरपालिका २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको समन्वयमा ल्याइएको उक्त सामग्रीलाई आज महानगर परिसरमा परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरे ।
उपप्रमुख गुरुङले पोखरा महानगरले १३ वटा अन्तराष्ट्रिय सम्बन्ध मध्ये ९ वटा चीनका विभिन्न शहरसँग भएको जानकारी दिइन् । २०७४ पौष २६ गते पोखरा महानगर र चीनको नानिङ शहर बीच भगिनी सम्बन्ध रहेको उल्लेख गर्दै प्राप्त सामग्रीले महामारी रोकथाम र नियन्त्रणमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले नानिङ शहरका मेयरलाई धन्यावाद पत्र पठाउँदै कोरोना सहज पछि पोखरा भम्रणको आमन्त्रण गरिने बताइन् । महामारी नियन्त्रणमा सबैको साथ र सहयोग आवश्यक रहेको जनाउँदै प्राप्त सामग्रीलाई आवश्यकताको आधारमा अस्पतालहरुलाई वितरण गर्ने जानकारी दिइन् ।
परिषद्का अध्यक्ष भट्टराईले उक्त शहर चीनको नमुना शहर भएको उल्लेख गर्दै भगिनी सम्बन्ध स्थापित शहरको साथ र सहयोगले आगामी दिनमा पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । महामारीको कठिन समयमा २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेर मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ गराएको उनको भनाइ थियो । उनका अनुसार स्वास्थ्य सामग्री अन्तर्गत ५ वटा अक्सिजन कन्सन्टेटर मेशिन, मेडिकल मास्क बीसहजार पिस, पिपिइ सेट पाँचसय पिस, मेडिकल पञ्जा पाँचहजार पिस गरी २० लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको जानकारी दिए ।
रेवानका उपाध्यक्ष नरेश भट्टराईले चीनका विभिन्न शहरसँग भएको भगिनि सम्बन्धले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको जनाउँदै कोराना रोकथाम र नियन्त्रणमा प्राप्त स्वास्थ्य सामग्रीले उपचारमा सहज हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा चाइना ओभरसिज एसोसियशनका अध्यक्ष चाङ र सचिव साङ सावो (सन्देश), पोखरा महानगरका विभिन्न वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो