दाह्री ग्याङ, पोखराले वार्षिक नियमित कार्यक्रम अन्तर्गत गरेको रक्तदानमा १ सय जनाले रगत दान गरेका छन् । ‘आज अरुका लागि, भोलि आफ्नै लागि’ भन्ने नाराका साथ दाह्री ग्याङ, पोखराले यस वर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
यो नियमित पाँचौ कार्यक्रम हो । आवश्यक परेका बखत ३ पटक आकस्मिक रक्तदान कार्यक्रम ग्याङले गरिसकेको छ । यस्तै, बिरामीहरुलाई तत्काल चाहिएको अवस्थामा पनि दाह्री ग्याङका सदस्यहरु तत्काल अस्पताल वा रक्तसञ्चार केन्द्र पुगी रक्तदान गर्दै आएका छन् ।
पोखराको केदारेश्वर मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व एवं संस्थापक अध्यक्ष शेखर गौतमले आफै रगत दान गरी कार्यक्रम शुभारम्भ गरेका थिए । गौतमको यो ३३ औं पटक रक्तदान हो । गौतमले पोखरामा धेरै युनिट रगत संकलनमा दाह्री ग्याङ अग्रपंक्तिमा रहेको बताए । निरन्तर सामाजिक कार्यमा सक्रिय भएकोमा समूहलाई उनले धन्यवाद समेत व्यक्त गरे ।

त्यस्तै, दाह्री ग्याङ पोखराका अध्यक्ष अभिमन्यु पाण्डे (बिक्रम) ले वार्षिक क्यालेण्डर अन्तरगतकै कार्यक्रम रहेको र पूर्ण स्वास्थ्य मापदण्ड अपनाउँदै सामाजिक दूरी कायम गरी आयोजना गरिएको बताए । पोखरामा रगत अभावलाई परिपूर्ति गर्न समेत यो कार्यक्रम आयोजना गरिएको उनको भनाई थियो । पाण्डेले भने– ‘रगतको अभाव भएकाले सामाजिक उत्तरदायित्व वहन गर्दै हामीले सामाजिक दूरी कायम गरी रक्तदान कार्यक्रम आयोजना गरेका हौं । उल्लेख्य सहभागिता भयो, सबैप्रति आभार व्यक्त गर्दछु ।’
दाह्री ग्याङमा रही सामाजिक कार्यमा सक्रिय रहने सदस्यहरुलाई परिचय पत्र वितरणको काम समेत सुरु भएको छ । ईच्छुक सक्रिय सदस्यहरुले परिचयपत्र प्राप्त गर्नेछन् । दर्जनौंले परिचयपत्र लिए । अध्यक्ष पाण्डेका अनुुसार परिचय पत्र वितरण कायलाई निरन्तरता दिइनेछ । कार्यक्रमको सञ्चालन सुवास आचार्यले गरेका थिए । क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको कार्यक्रममा महिलाहरु, सुरक्षाकर्मीहरुले पनि रगत दान गरेका थिए ।





दाह्री ग्याङ, पोखरासँग सम्बन्धित समाचारहरुः
दोहोरो धर्मः ‘मन्दिरमा पूजाआराधाना, गेटमा रक्तदान’ (फोटो फिचर)
पोखराका दाह्री युवाहरुको ‘युवा दिवस’ मा गज्जब कार्यक्रम, २०१ युनिट रक्त संकलन (फोटो फिचर)
पोखरामा दाह्री ग्याङ र स्वयंसेवी रक्तदाताको रक्तदान कार्यक्रम: १२० युनिट संकलन (फोटो फिचर)
पोखरामा रगत अभावः दाह्री ग्याङले गर्यो आकस्मिक रक्तदान, १३६ युनिट रगत संकलन (फोटो फिचर)
दाह्री ग्याङको ५ औं वार्षिकोत्सवमा पोखराका ५ नाका र चोकहरुमा फहराइयो राष्ट्रिय झण्डा
फेवाताल सफाईमा यसरी जुट्यो ‘दाह्री ग्याङ’ (हेर्नुहोस् फोटो/भिडियो)
पोखराको पोल पोलमा ‘दाह्री ग्याङ’
दारी ग्याङको तेस्रो वार्षिकोत्सव पोखरामा यसरी मनाइयो (फोटो फिचर)
‘दाह्री ग्याङ’ दोस्रो वर्ष पूरा, रगत खोज्ने Mobile App DG Donor लञ्च, जिल्ला-जिल्लामा के भए ?
दाह्री ग्याङ पोखराद्वारा शहिद पार्कमा दीप प्रज्वलन
दाह्री ग्याङ पोखराको संयोजकमा पाण्डे र सहसंयोजकमा मिश्र
मिस्टर दारी बन्ने अवसरः पोखरामा साउन २८ गते अडिसन
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह