पोखरामा वर्षाका कारण कालिज फार्ममा पालिएका ६११ वटा कालिज मरेका छन् । आइतबार साँझदेखि परेको लगातारको वर्षाका कारण पोखरा महानगरपालिका वडा नं -११ काहुँ स्थित ‘ससु कालिज फार्म’ मा रहेका ६११ वटा कालिज मरेको सञ्चालक सुवास गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार एक दिन अघि मात्र चल्लालाई फार्ममा ल्याएर खुला स्थानमा छाडिएको थियो। उनले भने -‘गर्मीमा हुर्केका चल्लाहरू एक्कासि रातभरको पानीमा पर्दा यसरी मरेछन् ।’
आफूले व्यावसायिक रूपमा कालिज पालन गर्ने उद्देश्यले ११ सयको संख्यामा चल्लाहरू ल्याएर राखेकोमा एक दिन अघि मात्र कालिज फार्ममा ९३० वटा कालिजको चल्ला हालेकोमा ६११ वटा चल्ला मृत भेटिएको सञ्चालक गुरुङले बताए । उनका अनुसार १७० चल्ला भने हुर्काउने क्रममै त्यस अघि नै मरेका थिए । हाल करिब तीन सयको संख्यामा मात्र फार्ममा कालिज रहेका छन् ।
सञ्चालक गुरुङका अनुसार झन्डै चार महिनाका कालिजहरू मरेपछि करिब १७ लाख बराबरको नोक्सानी भएको उनले बताए। “अहिले बिक्री गर्दा पनि प्रतिगोटा २५ सय पर्थ्यो, अहिलेसम्मको दाना, पानी, वत्ती, मेहनत र लगानी जोड्दा पनि त्यत्ति खर्च भेट्ने उनले बताए ।”
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो