मंगलबार गण्डकीका ३७४ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १३५५ जनामा गरिएको नमुना परीक्षणमा थप ३७४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ११० जना, तनहुँका ३४ जना, गोरखाका २७ जना, लमजुङका २० जना र नवलपुरका ४१ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका ३४ जना, पर्वतका २८ जना, बागलुङका ७० जना र म्याग्दी जिल्लाका १० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७९ हजार ४०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ६५४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७३ हजार ८५९ पुगेको छ।
मंगलबार गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा स्याङ्गजाका तीन जना र कास्की पोखराका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२४७ पुगेको निर्देशनालयले जनाएको छ।

सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी