काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जारी गरेको अध्यादेश असंवैधानिक भएको टिप्पणी गरेका छन् ।
सरकारले संविधानको मर्मविपरित कुनै दल विशेषलाई फुटाउने नियत राखेर अध्यादेश ल्याएकोमा आपत्ती जनाए ।
‘मेरो पालामा पनि अध्यादेश ल्याएको हो, तर मध्यरातमा संसद अधिवेशन अन्त्य गरेर भोलिपल्टै अध्यादेश ल्याएको थिइनँ,’ च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने, ‘देश र जनताका लागि अत्यावश्यक परेका बेला अध्यादेश ल्याउन पाइन्छ तर एमालेलाई विभाजन गर्न सोधेरै कति प्रतिशत राख्दा हुन्छ भनेर अध्यादेश ल्याइयो ।’
कुनै पार्टी विशेषलाई फुटाउने ढंगले आफूले अध्यादेश जारी नगरेको उनले दाबी गरे।
‘कुनै पार्टीभित्र असाधारण अवस्था थिएन। कुनै पनि पार्टी फुट उन्मुख थिएन। हामीले दल र संसद् भनेका थियौं। त्यो हुँदा के अप्ठ्यारो भयो भयो नेताले चाह्यो भने डेढ सयलाई १५ सय बनाइदिएपछि कसरी विभाजन हुन्छ?,’ ओलीले भने, ‘त्यसैले अमूर्त बनाउनुहुँदैन भनेर वा राखिएको थियो। सांसदको स्वतन्त्रको अधिकारको व्यावहारिक कार्यान्वयनका लागि अध्यादेश ल्याइएको थियो। अहिले त्यस्तो स्थिति हो र? १२ बजे राति अधिवेशन अन्त्य हुन्छ, भोलिपल्ट अध्यादेश आउँछ।’
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो