काठमाडौँ । निर्वाचन आयोगले दुई नयाँ पार्टीलाई दर्ता गरी प्रमाणपत्र दिएको छ । आयोगले बुधबार बेलुका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महेन्द्र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरी प्रमाणपत्र दिएको हो ।
सरकाले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशमा रहेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पु-याए दल विभाजन गर्न सकिने व्यवस्था छ ।
बुधबार नै निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि दिएको निवेदनमा नेताहरूलाई सनाखतका लागि बोलाएको थियो ।
नेकपा एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठनका लागि केन्द्रीय कमिटीका ५५ जनाले सनाखत गरेका थिए । यो कुल सदस्य सङ्ख्याको २७ प्रतिशत हो । तर माधव नेपाल पक्षले एक सांसद अपुग हुँदा सङ्घीय संसदमा २० प्रतिशत भने पु-याउन सकेन । दल दर्ताका लागि एमालेको एक सय ५४ सदस्यीय संसदीय दलका ३० जनाले मात्र सनाखत गरे । यो कुल सङ्ख्याको १९ दशमलव ४८ प्रतिशत हो ।
यस्तै राष्ट्रिय सभाका तीन र प्रतिनिधि सभाका ३४ गरी ३७ सांसदमध्ये १५ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याको ४० प्रतिशत हो ।


सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
संवैधानिक आयोगमा आफ्ना मान्छे नियुक्ति गर्न सरकारले अध्यादेश ल्याएको कांग्रेसको आरोप
सरकारले जस्ता तस्तै फर्काइदिएपछि राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’
‘१०० दिन पुग्नु अगावै भन्न बाध्य छौं, सरकारले आफ्नो नियत र बाटो सच्याओस्’
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’