काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका जिल्ला सभापतिले थालेको रिले अनशन तोडिएको छ।
भदौ ८ गतेदेखि पार्टी कार्यालय सानेपामा जारी अनसन ५ दिनपछि शनिबार बेलुकी तोडिएको हो। उनीहरूले राखेका माग सम्बोधन गर्न पार्टी नेतृत्व तयार भएपछि आन्दोलन फिर्ता लिएका हुन्।
क्रियाशील सदस्यता विवाद समाधान समितिका तर्फबाट पूर्व महामन्त्री कृष्ण सिटौला तथा सदस्यहरू डा.मिनेन्द्र रिजाल र रमेश लेखकले जुस खुवाएर अनसन तोडाएका हुन्।
जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने र त्यसमा भएको त्रुटी सच्याउने मौका दिइनुपर्ने माग मुख्य रूपमा राखेका थिए।
शुक्रबार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको वार्तामा ती माग पूरा गर्ने सहमति बनेको थियो। बुधबार बिहान ११ बजेदेखि बिहीबार बिहान ११ बजेसम्म नुवाकोट सभापति केसी, काभ्रे सभापति मधु आचार्य र धादिङ सभापति रमेश धमला २४ घण्टे रिले अनशन बसेका थिए।
उनीहरूलाई अनशनमा नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण र नेता डिल्लीराम सुवेदीले साथ दिएका थिए। बिहीबार बिहान ११ बजेदेखि शुक्रबार बिहान ११ बजेसम्म सिन्धुपाल्चोकका सभापति विकास लामा, तनहुँका सभापति बैकुण्ठ न्यौपाने, सुर्खेतका सभापति कमल रेग्मी २४ घण्टे रिले अनशनमा बसेका थिए।
उनीहरूलाई भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरू मनोजमणि आचार्य र प्रमोदहरि गुरागाईँले साथ दिएका थिए। शुक्रबार बिहान ११ बजेदेखि साँझसम्म उदयपुरका सभापति विदुर बस्नेत, संखुवासभाका सभापति दिपन श्रेष्ठ र काठमाडौँका सभापति कृष्ण सबुज बानियाँ रिले अनशनमा बसेका थिए।
महाधिवेशन निश्चित
पौडेलपक्षका जिल्ला सभापतिले थालेको रिले अनशन तोडिएसँगै कांग्रेस महाधिवेशन सुनिश्चिततर्फ अघि बढेको छ ।
कांग्रेसको महाधिवेशनको प्रक्रिया यही १८ भदौबाट सुरु हुने कार्य तालिका छ ।
अब १८ भदौबाटै वडा अधिवेशन सुरु गरेर २२ भदौसम्म वडा अधिवेशन सक्नेगरी शीर्ष तहमा सहमति बनेको हो ।
यस्तै २७ भदौमा सुरु हुने पालिका अधिवेशनपछिका पूर्वनिर्धारित मितिमा नै गर्नेगरी शीर्ष तहमा शनिबार साँझ सहमति जुटेको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन अब सुनिश्चिततर्फ अघि बढेकाले सबैलाई महाधिवेशन केन्द्रीत हुन आग्रह गरेका छन् ।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’