पोखरा । बुधबार बेलुकादेखि परेको अविरल वर्षाले कास्कीका विभिन्न स्थानमा जनधनको क्षति गरेको छ । भलाममा वितण्डा मच्चायो । विहीबार पनि अपरान्हदेखि नै अविरल वर्षा भइरहेको छ ।
पोखरा महानगरपालिका वडा नं. १३ को आर्वामा पनि क्षति पुगेको स्थानिय सागर बरालले जानकारी दिए । निर्माणाधीन बनबाटिका एड्भेञ्चर रिसोर्टमा काम गरिरहेका ८ जना मजदुरहरु मुस्किलले बचेका छन् । राति उनीहरु सुतेकै ठाउँ नजिकै पहिरो गएको थियो ।
स्थायिन युवा व्यवसायी सुनिल सापकोटा र सानु भुजेलले ३ करोड बढी लगानीमा रिसोर्टसहित ग्रीन जोन एग्रो फार्मको योजनामा छन् । रिसोर्टको भौतिक पूर्वाधारको काम भइरहेको छ । फार्ममा कालिज र कुखुरा पालन सुरु भइसकेको छ ।
फार्ममा पहिलो चरणमा ३ सय कालिज थिए । माथिबाट आएको पहिरोले फार्म बगाउँदा कालिज नष्ट भएको छ । भैंसीका लागि तयार पारिएको ३ वटा गोठमध्ये २ वटा पूर्ण रुपमा बगाएको छ । एउटा गोठमा आंशिक क्षति पुगेको सञ्चालक सापकोटाले गण्डकन्यूजलाई जानकारी दिए । यस्तै, लोकल कुखुरा ५ दर्जनजति पालिएकोमा पहिरोले पूर्ण क्षति पुगेको छ ।
रिसोर्टका निर्माण सामाग्रीहरु सहित ४० लाख जति क्षति भएको सापकोटाले बताए । ‘ रिसोर्टमा चाहिँ क्षति पुगिसकेको छैन । फार्ममा क्षति पुगेको हो । रिसोर्टको संरचना निर्माणका लागि आवश्यक सामाग्रीहरु सबै पहिरोले लग्यो ।’ – सापकोटाले भने । फार्ममा कालिज, भैंसी, कुखुरा, बाख्रा पालन गरिने योजनामा सञ्चालकहरु छन् । रिसोर्टसहित जिप साइकल, रोप साइकलको एडभेञ्चर गेमहरु पनि सञ्चालन गरिने योजना छ ।
रिसोर्ट सात-आठ महिनाअघिबाट निर्माण गर्न सुरु भएको हो । रेष्टुरेन्ट तयार भइसकेको छ भने एग्रोको काम पनि ५० प्रतिशत पूरा भइसकेको सापकोटाले बताए ।
यही पहिरोले सापकोटाको फार्म सहित तल बामदेव बरालको कुखुरा फार्ममा पनि क्षति पुगेको छ । यसअघि वर्षाले काहुँखोला-बिजयपुर सडक खण्डमा पर्ने दाद्रोमा ठूलो पहिरो गएर आर्वा जाने बाटो नै अवरुद्ध भएको थियो ।
तस्वीर/भिडियोः सागर बराल
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन