पर्वतको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । त्यस्तै, पहिरोमा एक वृद्धा बेपत्ता भएकी छिन् ।
पर्वतको कुस्मा नगरपालिकाको दुर्लुङ्ग, पकुवा, सिल्मी र मोदी गाउँपालिकामा गएको पहिरोमा परेर एकै परिवारका ५ जना सहित १० जनाको मृत्यु भएको हो ।
पर्वतको दुर्लुङ्गमा पहिरोमा परेर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा उनीबाहेक परिवारका सबै ५ जनाको मृत्यु भएको हो । घरमा पाँच जना थिए ।
उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यसैगरी, कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको छ ।
साथै, कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको छ । मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता भएकी छन् ।
साथै, पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।
बिहीबारदेखि नै विद्युत् सेवा अवरुद्ध भएपछि पर्वतमा सञ्चार सम्पर्क समेत विच्छेद छ । सञ्चार सम्पर्क बिच्छेद र निरन्तर बर्षाका कारण उद्दारमा कठिनाई भएको पर्वतका प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीले बताए ।
सम्बन्धित खबर
युवा संघ स्याङ्जाको आगलागी पीडितलाई सहयोग
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी
एशिया कप ट्रायथलन : इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन
फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग