काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रश्नैप्रश्न सोधेका छन् ।
शनिबार नेकपा एमालेको काठमाडौँ महानगरपालिकास्तरीय कार्यक्रममा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे के गर्ने भन्दै जवाफ मागेका हुन् ।
कांग्रेस र माओवादीकै सरकारको पालामा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको तर उनीहरु नबोलेको भन्दै आपत्ति जनाएका छन् ।
‘कांग्रेस र माओवादी हुँदा एमसीसी गरेका हुन्, अहिले यिनीहरु बोल्दैनन्, झुक्याएर पास गर्न खोजेका होलान्, एमसीसी के गर्ने भनेर शेरबहादुर देउवा जीले भन्नुपर्दैन ?, प्रचण्ड जीले बोल्नुपर्दैन एमसीसी के गर्ने ?’ ओलीले प्रश्न सोधेका छन् ।
यस्तै, ओलीले उत्तरी छिमेकी चीनसँग सीमा विवाद नरहेको भन्दै कसलाई खुशी पार्न चीनसँग सीमा विवाद समाधान गर्न समिति बनाएको भन्ने प्रश्न गरेका छन्।
उनले भनेका छन्, ‘चीनसँग कुनै सीमा विवाद छँदै छैन, कस्लाई खुसी पार्नको लागि समिति बनाइएको हो ? म चुनौती दिन चाहान्छु, समितिले चीनसँगको सीमा विवाद देखाओस् ।’
सरकारले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको ओलीले आरोप लगाए ।
उनले आफूले जस्तो अरुले विकास गर्न नसक्ने दावी गर्दै अब मेलम्चीको पानी ल्याउन पनि एमाले कै सरकार चाहिने जिकीर पनि गरे ।
अहिलेको सरकारले ल्याउन नसक्ने ठोकुवा गरे ।
उनले पार्टीका पूर्वनेता माधव नेपालले वामपन्थी सरकार ढालेर, विकासको काम गरिरहेको सरकार ढालेर क्रान्तिका कुरा गरेको भन्दै आलोचना पनि गरेका छन् ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ