आशिष पुरी, पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. २, प्रदेश ‘ख’ का लागि सामाजिक अभियन्ता सुबास सिग्देलले सभापति पदमा उमेद्वारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सिग्देलले सभापति पदमा आफूलाई अघि बढाएका हुन् ।
२०४५ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिई पार्टीमा आफूलाई समाहित गर्दै अगाडि बढेका सिग्देल नेपाल कांग्रेस पोखरा-८ का निवर्तमान वडा सभापति हुन् । कांग्रेसको ११ औं महाधिवेशनमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिई पार्टीमा आफूलाई समर्पण गर्दै विभिन्न आन्दोलनमा सकृय सहभागिताका साथ आफू अघि बढेको उनको भनाई छ ।
सिग्देल भन्छन् – ‘मैले आफ्नो समयको धेरै वर्ष युवाहरुको व्यक्तित्व विकास, बौद्धिक, नेतृत्वकला विकास, सामाजिक विकासमा विश्वको पूरानो व्यक्तित्व र नेतृत्व विकास गर्ने प्रजातान्त्रिक संस्था जेसीज अन्तर्राष्ट्रिय अन्तर्गत पोखरा जेसीजको अध्यक्ष, नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष, तालिम आयुक्तजस्ता पदहरुमा रही नेपालभरी नै युवा अभियानमा २० वर्ष सेवा गरेको छु ।’
‘विश्वकै पूरानो सामाजिक संस्था रोटरी इन्टरनेशनलमा विगत १२ वर्षदेखि सेवारत छु । रोटरी क्लव अफ पोखरा न्यूरोडमा अध्यक्ष एवम रोटरी डिष्ट्रक ३२९२ नेपाल भुटानको लागि सहायक गर्भनर र यूवा परिचालन तथा संरक्षण समितिको केन्द्रिय अध्यक्ष भएर कार्य गर्दै आएको छु।’ – सिग्देल थप्छन् ।
‘१४ औँ केन्द्रिय महाधिवेशनको तयारीमा लाग्दै गर्दा हामीले वर्तमान नेपाली राजनीतिलाई सुक्ष्म रूपमा अध्ययन एवं विश्लेषण गर्नु र भावी रणनीति बनाउनु जरुरी छ। जसरी नेपालको सबैखाले आन्दोलन र परिवर्तनमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका रहने हुँदा अन्योल र अस्थिरता अन्त्य गर्दै नेपालको राजनीतिलाई सहज र संस्थागत रुपमा सुचारु गर्ने दायित्व रहेको हुँदा मैले उम्मेदवारी प्रस्तुत गरेको हुँ ।’ – सिग्देल बताउँछन् ।
आफ्नो कार्यकालमा स्थानिय, प्रदेश र संघको चुनावमा वडाबाट गर्नुपर्ने भूमिका महत्वपूर्ण तवरले सम्पन्न गर्न पार्टीका सम्पूर्ण तहका सदस्यहरुलाई एकवद्ध बनाई अघि बढेको यिनै यस्तै खारिएका अनुभव र अनुभतिलाई संगठनप्रति सर्मपित गरी नेतृत्व प्रदान गर्न अमूल्य मतका साथ जिताउन प्रत्यासी सिग्देलले अपील गरेका छन् ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन