अग्रज पत्रकार गंगाधर पराजुलीले अब आफू राजनीतिमा सक्रिय रुपमा अघि बढ्ने भन्दै नेपाली काँग्रेसको पोखरा महानगर सभापतिमा उम्मेदवारी दिएका छन् । पराजुलीले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्नो धारणा पनि सार्वजनिक गरेका छन् ।
पराजुलीले लोकतन्त्र, प्रजातन्त्र र समाजवादलाई पछ्याउँदै अगाडि बढेको बताए । पोखरा महानगरमा नेतृत्वको कमजोरीका कारण तल्लो तहले राम्रोसँग प्रशिक्षण र मार्गनिर्देशन नपाउँदा कांग्रेस कमजोर बन्न पुगेकोले त्यसलाई सुधार गर्नको लागि आफूले उम्मेदवारी दिएको उनको भनाई छ ।
उपस्थित पत्रकारहरुले पत्रकारिता क्षेत्रमा लागेको व्यक्ति किन राजनीतिमा ? भन्ने जिज्ञाशामा उनले आफू विद्यार्थीकालदेखि नै राजनीति क्षेत्रमा लागेको जानकारी गराएका थिए । पछिल्लो समयमा कांग्रेसको तहमा रही काम गरेको अनुभव सुनाउँदै उनले थपे– “म विद्यार्थीकालबाट नै नेविसंघको राजनीति गरेँ, पछिल्लो समय कांग्रेसकै विभिन्न तहमा काम गरेँ भने विभिन्न कालखण्डमा राजनीति कै कारणले जेलपनि भोगेँ । ट्रेड युनियन मातहतको प्रेस युनियनको नेतृत्व तहमा रहेर समेत काम गरिसकेको छु । मलाई पत्रकारिता मात्रै नभएर राजनीतिक क्षेत्रमा समेत विशेष योगदान पु¥याएको छु। अब मेरो पत्रकारिता क्षेत्रको बिट मार्दै क्रियाशीलरुपमा राजनीतिमा सक्रिय भएर काम गर्छु ।
“म १२ औं अधिवेशनमा जिल्ला सचिवको उम्मेदवार थिए, सबैले सहयोग गर्दा पनि पराजित बन्न पुगेँ, अहिले म जिल्लामा नेतृत्व भूमिकामा देखिनुपर्ने थियो तर पोखरा महानगरमा देखिएका विकृति, विसंगति र वेथितिलाई सुधार गर्नको महानगर सभापतिमा उम्मेद्वारी दिएको हुँ ।” उनले भने– “लामो समय पत्रकारिता गर्दा धेरैजनालाई पत्रकारिता सिकाएको म सँग अनुभव छ, अब म कांग्रेसमा आवद्ध क्रियाशील सदस्यदेखि नेतृत्व गर्ने युवाहरुलाई प्रशिक्षण गराउँछु। नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष हुँदा समेत महानगरमा भएका अनियमितता, भ्रष्टचारका विषयमा खुलेर बोल्न सकेका छैनन्, त्यस्ता विषयमा खुलेर वकालत गर्छु ।” उनले भने ।
सभापतिका उम्मेदवार पराजुलीले काँग्रेसलाई बलियो र मजबुद बनाउनको लागि भातृसंगठन गठन गरी चलायमान बनाउने, महानगरबासीको अभिलेख राख्ने सफ्टवयरको विकास गर्ने, तल्लो निकाय एवम् वडा इकाई र सभापतिहरुलाई प्रशिक्षण गर्ने, समय समयमा छलफल गरी विधान बमोजिम काम सबैभन्दा पहिलो प्राथमिकतामा रहेको उनको भनाई थियो ।
नेपाली कांग्रेसको गुमेको शाख फिर्ता ल्याउने, अन्याय अत्याचारसँग लड्न सक्ने काँग्रेस बनाउने सोँचका साथ अगाडि बढेको पराजुलीले पत्रकार सम्मेलनमा बताए ।
पत्रकारितामा स्थापित पराजुली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय
पराजुली करिब चार दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय छन् । पत्रकारितामा पनि उनको लामो योगदान छ । पराजुली नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भएर पनि काम गरेका थिए । साथै, न्यूनतम पारिश्रमिक निर्धारण समिति नेपालको अध्यक्षसमेत भएर कार्यकाल पूरा गरेका पराजुली राष्ट्रिय समाचार समितिको सञ्चालक सदस्यसमेत बनेका थिए ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस