गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
मिलेनियम च्यालेन्ज कर्पोेरेशन (एमसीसी) विरुद्ध पोखरामा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र पोखरेली जनताको ब्यानरमा भएको प्रदर्शनमा सहभागीहरुले एमसीसीविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड हातमा लिएर मौन धर्ना दिए ।
शुक्रबार अपरान्ह मानवअधिकार चोकमा भएको विरोध प्रदर्शनमा सहभागीले ‘एमसीसीको नाममा अमेरिकी साम्राज्यवादको रणनीतिक स्वार्थ बढ्ने भएपछि त्यसको विरोध गरिएको’ बताए।
हिन्दप्रशान्त रणनीति (आइपीएस) अमेरिकीको सामरिक योजना भएकाले त्यसअन्तर्गतको एमसीसी विशुद्ध आर्थिक परियोजना नभएको टिप्पणी गर्दै उनीहरुले देशमा राष्ट्रघाती सन्धि सम्झौता हुँदा कोहि पनि चुप लागेर बस्न नहुने बताए ।
सरकारले एमसीसी अघि बढाउन खोज्दा गत साताबाटै पोखरामा विरोध प्रदर्शन गरिएको छ । संयुक्त देशभक्त मोर्चाको ब्यानरमा राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल, सिटीजन जुरी कास्की, नागरिक समाज कास्की लगायतका संघसंस्थाको आयोजनामा प्रदर्शन भएका छन् । गत वर्ष पनि दबाबमुलक कार्यक्रम गरिएकाे थियाे ।
अहिले युवाहरु अग्रसर भएर स्वतन्त्र पोखरेली जनताको ब्यानरमा खबरदारी गरिएको हो । सहभागी युवा अशोक खड्काले राष्ट्रहितविपरीत एमसीसी संसदबाट पारित गरिने प्रपञ्च रचिएकोले त्यसलाई रोक्न धर्नामा बसेका बताए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’