पोखरा । प्रेस काउन्सिल नेपालले पोखराका पत्रकारद्वय बद्रीविनोद खनाल ‘प्रतीक’ र जमुना ‘वर्षा’ शर्मालाई पुरस्कृत गर्ने भएको छ ।काउन्सिलले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम बुधबार सार्वजनिक गरेको छ । पुरस्कृत हुने सूचीमा कास्कीका दुई पत्रकार समाविष्ट छन् ।
प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतिक’ लाई १ लाख १० हजार राशीको ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ प्रदान गर्न लागिएको हो । चार दशकदेखि पत्रकारितामा अनवरत क्रियाशील प्रतिक दुई दशकदेखि पोखरा हटलाइन दैनिकको प्रधानसम्पादक छन् ।
प्रेस काउन्सिल नेपालका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको नाममा वि.सं. २०७२ सालमा स्थापित ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कार’ २०७३ सालदेखि वरिष्ठ पत्रकारहरूलाई दिन थालिएको हो ।
यस्तै, कास्कीकै पत्रकार जमुना ‘वर्षा’ शर्मालाई ‘प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरिँदै छ । पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष शर्मा दुई दशक बढी समयदेखि पत्रकारितामा सक्रिय छिन् ।
वर्षा प्रदेश प्रमुखको प्रेस संयोजक बन्ने नेपालकै पहिलो पत्रकार महिला हुन् । सञ्चारिका समूह पश्चिमाञ्चलकी नेतृत्व समेत उनले गरिसकेकी छन् । उनी अहिले रासस र पोखरा एक्सप्रेसमा आबद्ध छिन् ।
वर्षाले आधा दर्जन बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी छन् । जिल्ला विकास समितिबाट पत्रकारिता सम्मान २०७१, टंकादेवी तुलसीप्रसाद स्मृति पुरस्कार २०७४, क्रियाशील महिला पत्रकार अवार्ड २०७४, राससकी उत्कृष्ट संवाददाता २०७६, माउण्टेन टुरिजम् अवार्ड २०७७ लगायतका विभिन्न सम्मान र पुरस्कार प्राप्त गरिसकेकी छन् ।
यसैबीच, काउन्सिलको सर्वाधिक राशी एक लाख ५१ हजार भएको गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व स्व. गोपालदास श्रेष्ठको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह