पोखरा । नेकपा (एमाले) आँधिखोला पोखरा सम्पर्क मञ्च, आयोजक कमिटिको एक भेलाले लालकुमार अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
२५ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा पुरुषोत्तम पौडेल, उपाध्यक्षमा एस.बि. क्षेत्री, सचिवमा दीपेन्द्र पौडेल, कोषाध्यक्षमा खेम क्षेत्री सहसचिवमा अर्जुन पौडेल, सदस्यहरुमा अञ्जान क्षेत्री (रेशम), मातृका सुवेदी, छवि शर्मा, सोमबहादुर गुरुङ, शेषकान्त ढकाल, आयन सुनार, झविलाल लामिछाने, भलबहादुर क्षेत्री, डासीराम पौडेल, मोतिप्रसाद पौडेल, चन्द्रकान्त पौडेल, यामनारायण लामिछाने, कलाधर पौडेल, टेकराज पौडेल, निर्मला पौडेल, राजेन्द्र ढकाल, विशाल जिसी, नरहरि ढकाल र सुन्दर ढकाल रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटि स्याङ्जा सचिव एवं आँधिखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौडेलले आँधिखोला गाउँपालिकामा आफूले गरेको काम, जनताले दिएको साथ सहयोगबारे जानकारी गराए । आँधिखोला पोखरा सम्पर्क मञ्चलाई सधैं साथ सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
अध्यक्ष लालप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले स्याङ्जा जिल्ला कमिटि सचिवालय सदस्य एवं क्षेत्र नं. १ अध्यक्ष विश्व पौडेल, वडा नं. ३ अध्यक्ष विष्णु खत्री, वडा नं. ६ अध्यक्ष कृष्णप्रसाद ढकाल लगायतले बोलेको मूल आयोजक कमिटि सदस्य श्रीकृष्ण पौडेलले जानकारी दिए ।
कार्यक्रमको सञ्चालन दीपेन्द्र पौडेल र स्वागत ए.पी. क्षेत्रीले गरेका थिए ।
सम्बन्धित खबर
अस्पतालको बेडमा साढे ५ महिना संघर्ष गरी क्षितिजले संसार छाडे
सामाजिक विकास मन्त्री सीता सुन्दास र उर्जामन्त्री बेदबहादुर ‘श्याम’ले लिए सपथ
मुख्यमन्त्री खगराजले मन्त्रिपरिषद् विस्तार गरे, सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्यो क्याम्पसहरूसँग समझदारी
स्याङ्जा साल्मेडाँडाको गोर्खा स्मारक निर्माण कार्यलाई तीव्रता दिइने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग