पोखरा । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को गण्डकी प्रदेश कमिटीको संयोजकमा प्रकाश पौडेल चयन भएका छन् ।
शनिवार सम्पन्न केन्द्रीय सचिवालयको पूर्ण बैठकबाट गण्डकीको संयोजकको जिम्मेवारी पौडेललाई तोकिएको हो । अनेरास्ववियु म्याग्दीका पूर्व जिल्ला अध्यक्ष समेत रहेका केन्द्रीय सचिवालय सदस्य पौडेललाई स्थायी कमिटी सदस्यसहित प्रदेश संयोजकको जिम्मेवारी दिएको हो ।
प्रदेश संयोजकको जिम्मेवारी प्राप्त गरेसंगै पौडेलले बिपत्तिमा सेवा अनि बिभेदमा बिद्रोह गर्दै त्यसैको जगमा बलियो संगठन निर्माण गर्ने बताएका छन । उनले प्रदेशमा संगठनको कामलाई थप गतिशील बनाउन सक्रिय हुने बताए ।
विद्यार्थी राजनीतिको यात्रा सुरु गरेका उनी १२ वर्षकै उमेरदेखि नै अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष हुँदै जिल्ला कमिटीमा प्रवेश गरेका हुन् ।
अनेरास्ववियुको ३ कार्यकाल जिल्ला सदस्य हुँदै २०७१ सालमा २० बर्षकै उमेरमा जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । २०७२ मा भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
म्याग्दी जिल्ला भित्र सामाजिक कार्यमा, विपत् व्यबस्थापनमा अग्रणी भुमिकामा रहेर जिल्लाभर लोकप्रिय मानिएका उनी देशभरका अनेरास्ववियु विद्यार्थी माझ पनि उत्तिकै लोकप्रिय मानिन्छन् । तराईमा हावाहुरीका कारण बस्ती उडाउँदा भोलिपल्ट नै पौडेल आफ्नो नेतृत्वको टीमसहित तराई पुगेर उद्धारमा खटिएका थिए ।
उमेरको हद चर्किरहने अनेरास्ववियूमा पौडेल कम उमेरका प्रभावशाली नेता हुन् । अनेरास्ववियुमा पछिल्लो समय पुनर्गठनको मागसहित पौडेलले सामाजिक सञ्जालमा आवाज उठाएसँगै अनेरास्ववियु नेतृत्व हस्तान्तरणतर्फ अगाडि बढ्न चर्को दबाब सिर्जना भएको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर