कोरोना परीक्षण नगरी अब गण्डकी प्रदेश प्रवेश गर्न नपाइने भएको छ । प्रदेश प्रवेश गर्ने सबै नाकामा एन्टिजेन परीक्षणको व्यवस्था गरिने प्रदेश सरकारले जनाएको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोरोना पोजिटिभ भए बस्नलाई छुट्टै व्यवस्था गरिने बताए । विज्ञहरूले कोरोना भाइरसको तेस्रो लहरको चेतावनी दिइरहँदा प्रदेश सरकारले चाडपर्वमा प्रदेश प्रवेशमा कडाइ गर्ने भएको हो ।
प्रदेश प्रवेश गर्ने तनहुँको मुग्लिङ, नवलपुरको त्रिवेणी, स्याङ्जाको राम्दीमा स्वास्थ्य परीक्षण बिट नै राखिने भएको हो । ‘नाकाहरूमा बिट राखेर कोरोना परीक्षण गर्छौं । कसैलाई संक्रमण देखिए छुट्टै राख्ने व्यवस्था गर्छौं,’ मुख्यमन्त्री पोखरेलले भने ।
तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने देखिएकाले त्यहीअनुसार बेड छुट्याएर उपचार गरिने मुख्यमन्त्री पोखरेलले बताए । गण्डकी प्रदेशमा अहिले दैनिक डेढ सयदेखि साढे दुई सय जनासम्म संक्रमित भेटिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबारसम्म गण्डकी प्रदेशमा ८४ हजार ४७६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ८१ हजार ४९१ जना कोरोनामुक्त भएका छन् भने १३ सय ४६ जनाको मृत्यु भएको छ ।
सम्बन्धित खबर
सिनेमा संवादका लागि सेलिब्रिटी ल्वाङमा
चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने
बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै
स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो
कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द
गण्डकी प्रदेशका प्रमुख सचिव घिमिरेविरुद्ध पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’