लमजुङ १४ बर्षीया किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका लमजुङका शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । राइनास नगरपालिकाकाे भैरव माविका शिक्षक प्रकाश थापालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
बलात्कारकाे आराेप लागेपछि फरार रहेका उनलाई भदाै १४ सोमबार जिल्लाकाे सदरमुकाम बेशीसहरबाट प्रहरीले पक्राउ गरेकाे थियाे । पीडित छात्राले १ भदौमा राइनास ९ मोहोरियाकोट निवासी शिक्षक थापा र सोही ठाउँका अर्जुन विक्रम थापाले आफूलाइ विभिन्न समयमा जबरजस्ती बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।
बाल मनोपरामर्शदाताको परामर्शपछि बालिकाले आफूमाथि हुँदै आएको कारुणिक यौन दुर्व्यवहारको बारेमा बोलेपछि त्यसकै आधारमा उजुरीसहितको कानुनी प्रक्रिया अघि बढेको थियाे । जाहेरीलगत्तै अर्जुन विक्रम थापा पक्राउ परेका थिए ।
बुधवार जिल्ला अदालतमा भएको थुनछेकको बहसपछि न्यायाधीश पुनाराम खनालको एकल इजलासको आदेशले शिक्षक थापालाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
बलात्कारका अर्का आरोपी अर्जुन विक्रम थापा भने ३ लाख धरौटी तिरेर रिहा भएका छन् ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा