लमजुङ १४ बर्षीया किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका लमजुङका शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । राइनास नगरपालिकाकाे भैरव माविका शिक्षक प्रकाश थापालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
बलात्कारकाे आराेप लागेपछि फरार रहेका उनलाई भदाै १४ सोमबार जिल्लाकाे सदरमुकाम बेशीसहरबाट प्रहरीले पक्राउ गरेकाे थियाे । पीडित छात्राले १ भदौमा राइनास ९ मोहोरियाकोट निवासी शिक्षक थापा र सोही ठाउँका अर्जुन विक्रम थापाले आफूलाइ विभिन्न समयमा जबरजस्ती बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।
बाल मनोपरामर्शदाताको परामर्शपछि बालिकाले आफूमाथि हुँदै आएको कारुणिक यौन दुर्व्यवहारको बारेमा बोलेपछि त्यसकै आधारमा उजुरीसहितको कानुनी प्रक्रिया अघि बढेको थियाे । जाहेरीलगत्तै अर्जुन विक्रम थापा पक्राउ परेका थिए ।
बुधवार जिल्ला अदालतमा भएको थुनछेकको बहसपछि न्यायाधीश पुनाराम खनालको एकल इजलासको आदेशले शिक्षक थापालाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
बलात्कारका अर्का आरोपी अर्जुन विक्रम थापा भने ३ लाख धरौटी तिरेर रिहा भएका छन् ।
सम्बन्धित खबर
पोखराबाट पर्वतको सेतीवेणी हुँदै गुल्मीको रिडीसम्म ५६ किमि सडक ट्रयाक खुल्यो
पोखरा जोड्ने राजमार्गको बिजोग: हिलो र धुलोले सास्ती
पोखरामा पर्यटकलाई राम्रो होटल मिलाइदिने भन्दै बार्गेनिङ गर्नेहरू पक्राउ
ट्राफिक नियम पालना गर्न झन्झट नमानौं: मुख्यमन्त्री अधिकारी
स्याङ्जामा ट्राफिक सप्ताह सुरु
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग