पोखरा जेसीजको बार्षिक कार्यक्रम जेसीज सप्ताह २०२१ को सात दिन विविध कार्यक्रमहरु गरी सकिएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशीलतालाई प्राथमिकतामा राखी सम्पन्न सप्ताहव्यापी कार्यक्रम सप्ताहको पहिलो दिन उद्घाटन तथा मणिज्योति आधारभुत विद्यालयमा लाइब्रेरी स्थापना, दोस्रो दिन पोखरा महानगरपालिका वडा नं. ३ मा कौसी खेती तालिम, तेस्रो दिन जिल्ला कारागार कास्कीमा रहेका महिला कैदी तथा महिला प्रहरीहरुलाई पुनः प्रयोग योग्य स्यानिटरी प्याड निर्माण सम्बन्धी तालिम, चौथो दिन अनलाईन मार्फत उद्यमीसङ्ग युवा विषयक अन्तरकृया, पाँचौ दिन अनलाईन मार्फत कोभिड पश्चात् अपनाउनु पर्ने स्वास्थ्य सम्बन्धी सचेतना र परामर्श कार्यक्रम, छैटौं दिन संविधान विषयक अन्तरकृया सहित दीप प्रज्वलन र सातौ दिन गण्डकी युवा वक्ता कार्यक्रमको आयोजना तथा समग्र सप्ताह कार्यक्रमको समापन गरिएको हो ।
अन्तिम दिन गण्डकी युवा वक्ताको तेस्रो संस्करण भएको थियो । उक्त प्रतियगितामा सुष्मा आचार्य (पोखरा) प्रथम, बिपना सापकोटा (पर्वत) दोश्रो र बिना रेग्मी (स्याङ्जा) तेश्रो हुन सफल भए ।
समापन समारोह गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माको प्रमुख अतिथ्यता तथा पोखरा जेसीज बर्ष २०२१ का अध्यक्ष किरण केसीको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा पूर्व अध्यक्षसन्तोष पोख्रेल, सिनेटर ईश्वर प्रसाद कर्माचार्य, हिसान कास्कीका नि.अध्यक्ष डा. राम्जी शर्मा, पोखरा लेडी जेसीजकी अध्यक्ष कमला शर्मा कंडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो