प्रचण्डसँग चुनाव लड्न तयार छुः बादल

प्रचण्डसँग चुनाव लड्न तयार छुः बादल

ram-bahadur-thapa-badal

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज रामबहादुर थापा ‘बादल’ले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनावमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो कुरा बताएका हुन्। ‘चितवनमा प्रचण्डविरुद्ध बादल चुनाव लड्न तयार छ’, उनले भने, ‘प्रचण्ड समाजवाद र राष्ट्रियता विरोधी हुन्। उनीसँग चुनाव लड्न मलाई कुनै समस्या छैन।’

बादल पूर्वमाओवादीका नेता हुन् । बादल र प्रचण्ड दुवै चितवनबाट प्रतिनिधित्व गर्ने नेता हुन् । तर, साविक नेकपा खारेज भएपछि एमालेमै रहेका बादलले माओवादी युद्धका आफ्ना सुप्रिम कमान्डर प्रचण्डसँग चुनाव लड्ने घोषणा गरेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds