पोखरा । बिहीबार दिनभर पोखरा महानगरपालिका, केआईसिंहपुलका किशोर कृष्ण जिसी अपहरणमा परेको खबर फैलियो । जिसी बिहान नौ बजेदेखि घरपरिवारसँग सम्पर्कविहीन थिए । त्यसपछि आफन्त उनको खोजीमा लागे।
केआईसिंहपुलमा फ्रेस हाउस संचालन गर्दै आएका हरि जिसी छोराको खोजीलाई तीव्रता दिइरहेका थिए। कोहि सेती नदीको किनारमा खोज्न थाले त, कोहि घर नजिकैका झाडीमा लुकेका पो छन् कि ? भनेर झाडीमा चाहार्न थाले। तर उनी कहीं कतै भेटिएनन्। त्यसपछि बाध्य भएर उनीहरुले प्रहरीलाई बालक अपहरण गरेको भनेर खबर पनि गरे।
बालक अपहरणको खबर पाएको प्रहरीले शंकास्पद दुई जनालाई पोखराको लेखनाथ क्षेत्रबाट पक्राउ पनि गर्यो। पक्राउ परेका उनीहरुले घटनामा संलग्नताका बारेमा पूर्णत: अस्वीकार गरे।
तर अपहरण भएको भनेर हल्ला चलाइएका कृष्ण बेलुका छ बजेतिर केआईसिंहपुल चौतारामा लुखुर लुखुर हिँडेर घरतिर आउँदै गरेको देखिए। सबै आँत्तिदै उनीसम्म पुगे। प्रहरीलाई बालक घर फर्किएको खबर पनि पुग्यो।
प्रहरीले अपहरणमा परेको भनिएको बालक र उनका परिवारका सबै सदस्यलाई प्रहरी कार्यालयमा लग्यो र उनीहरुको मोबाइल समेत खोलेर हेर्यो। अनि, घटनाको यथार्थ विवरण पनि सोध्यो। उनीहरुको जवाफ सुनेपछि भने प्रहरी अचम्ममा परे ।
अपहरित भनिएका किशोरले ११ कक्षामा बिज्ञान विषय लिएर पढ्न गाह्रो भएपछि असन्तुष्टिका रुपमा उनले घरमा केही खबर नगरी घरबाट निस्किएको रहस्य खुल्यो । उनले दिनभर कसैको फोन पनि उठाएनन्। जब साँझ उनी घर फर्किए, प्रहरीले कार्यालयमा लगी सोधपुछ गर्दा उनले आफू अपहरणमा नपरेको मात्र बताएनन्, फोन नउठाउनुको कारण समेत खुलाए। प्रहरी स्रोत भन्छः ‘उनलाई साइन्स पढ्न मन रहेनछ । परिवारको दबाबले साइन्समा भर्ना भएपछि रिस देखाउन घर छाडेको रहेछ । बेलुका त फर्किहाल्यो ।’
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो